शिक्षा ऐनले अधिकार कटौती गरेको भन्दै शिक्षकहरु धर्नामा

कालीबहादुर मल्ल   ।   २०८० श्रावण ३०, मंगलवार १६:३२

कालीबहादुर मल्ल/कालिकोट साउन ३० । संघीय शिक्षा ऐन २०८० को प्रस्तावित मस्यौदा शिक्षकहरुका अधिकार कटौती गरेको भन्दै कालिकोटका शिक्षकहरु शिक्षा बिकास तथा समन्वय इकाइ कार्यालय अगाडि धर्नामा वसेका छन् ।
नेपाल शिक्षक महासंघ केन्द्रीय समितिको घोषित विरोध कार्यक्रम अन्तर्रगत जिल्लाभरिका सामुदायिक विद्यालयका शिक्षकहरु समोबार सदरमुकाम स्थित इकाइ कार्यालय परिसर भित्र धर्नामा वसेका हुन् । शिक्षकहरुले सोही विषयलाई लिएर आइतवार स्थानिय तहका पालिकाका कार्यालयमा धर्ना वसेका थिए ।
सरकारले प्रस्तावित संघीय शिक्षा ऐनमा शिक्षा, शिक्षक र विद्यालय कर्मचारी विरोधी प्रावधान राखेकोले जिल्ला भरका विद्यालयका शिक्षकहरु पहिलो चरणमा सदरमुकाम धर्ना दिएको शिक्षक महासंघ कालीकोटका अध्यक्ष सुरेन्द्रबहादुर शाहीले बताउनु भयो ।र्
लामो समयसम्म आउन नसकेको संघीय शिक्षा ऐनका प्रावधानले शिक्षक समुदायको आत्मसम्मानमा चोट पुगेको छ’ उहाले भन्नु भयो । शिक्षा, शिक्षक र विद्यालय कर्मचारी विरोधी प्रावधान नहटाएर कडा रुपमा प्रस्तुत उहाँको भनाइ थियो ।’ उहाँले विद्यालय बन्द गरेर आन्दोलनस्वरुप पालिकामा धर्ना दिन आउनु रहर नभई बाध्यता भएको सुनाउनु भयो । यसरी धर्ना वस्दा पनि हाम्रा मागहरु सम्वोधन नगरे जिल्ला भरका विद्यालय बन्द गरेर कडा रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिनु भयो ।
राहत तथा अनुदानका शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धा मार्फत स्थायी गर्नु पर्ने,आन्तरिकमा नाम ननिकालेमा गोल्डेन हेन्डचेक दिएर सम्मानकासाथ विदाइ गर्नु पर्ने,शिक्षकहरुलाई पनि निजामति कर्मचारी सरह आवाधिक वढुवा गर्नु पर्ने लगाएतका माग रहेका छन् ।
सरकारले शिक्षकका सेवासुविधा कटौती गर्ने गरी ऐन ल्याएकाले धर्नामा आउनु परेको शिक्षक संघकी कालिकोट अध्यक्ष यमुना बमले बताउनु भयो । उहाँले अहिले प्रतिनिधिमुलक ढंगले आएको र विद्यालय सञ्चालनमै रहेको जाजानकारी गराउदै माग पुरा नभए विद्यालय वन्द गर्ने अवस्था आउनसक्ने चेतावनी दिनु भयो ।
यस्तै राहत शिक्षक कालिकोटका अध्यक्ष मिमबहादुर सिंहले २०२८ सालमा लागु भएको शिक्षा ऐन अहिले २०८० मा आएर संसोधन गरियो यो एैन शिक्षकको हकहितमा नभएकाले तत्काल सरकारले फिर्ता लिनु पर्ने धारणा राख्नु भयो ।
प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले विद्यालय बन्द गरेर धर्ना दिनु राम्रो नभएको बताउनु भयो ।
शिक्षकको आन्दोलनले विद्यालय बन्द हुने अवस्था आएमा जिल्लाका करिब ३ सय सरकारी र एक दर्जन निजी विद्यालयमा पठनपाठन प्रभावित हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थानीय तहद्धारा नागरिक कार्य समुहलाई जिम्मेवारी प्रदान

२०८० श्रावण ३०, मंगलवार १६:३२
कालिकोट जिल्लाका स्थानीय तहहरुलाई जिम्मेवारी प्रदान गरिएको छ । जिल्लाका रास्कोट नगरपालिका, सान्नीत्रीवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकाले पालिका स्तरीयमा गठित नागरिक कार्य समुहका पदाधिकारीहरुलाई कामको जिम्मेवारी प्रदान गरेको छ । सबैजसो लोकतान्त्रिक शासनव्यवस्था भएका मुलुकमा संवैधानिकरूपमै नागरिकका आधारभूत लोकतान्त्रिक अधिकार सुनिश्चित गरिएको हुन्छ । यस्ता मुलुकमा आधारभूत मानवअधिकारको संरक्षण र […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.