भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस, करिब डेढ सयको मृत्यु

खबरखोज सम्बादाता   ।   २०८० कार्तिक १८, शनिबार १०:२९

काठमाडौं । भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुम तहसनहस भएको छ । गएराति ११ बजेर ४७ मिनेट जाँदा आएको भूकम्पका कारण कर्णाली प्रदेशका जाजरकोट र रुकुम पश्चिम सबैभन्दा बढी प्रभावित भएको हो । भूकम्पका कारण हालसम्म जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भइसकेको जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । उनका अनुसार भूकम्पमा परी सयौँको सङ्ख्यामा मानिसहरु घाइते भएका विवरण प्राप्त भएका छन् । भूकम्पले जिल्लाका भेरी, नलगाड, कुशे, बारेकोट र छेडागाडमा क्षती पु¥याएको छ । भूकम्पका कारण घरहरु भत्किएको जानकारी प्राप्त भए लगत्तै उद्धारका लागि कर्णाली प्रदेश र प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको छ । जिल्लाका सबै सुरक्षा अङ्गहरु परिचालन भएको प्रजिअ सुनारले बताए । रातिको समयमा भूकम्प आएकाले यकिन तथ्याङ्क प्राप्त गर्न ढिलाइ भएको उनले बताए ।

त्यस्तैगरी नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ । भूकम्पका कारण जाजरकोटमा विद्युत सेवा समेत अवरुद्ध भएको छ । सडक सञ्चालनमा पनि समस्या भएकाले घाइतेको उद्धार कठिन भइरहेका प्रहरीले बताएको छ ।

त्यस्तैगरी उता रुकुम पश्चिममा पनि हालसम्म मृतकको संख्या ३६ पुगेको छ । भूकम्पबाट आठबीसकोट र सानीभेरीमा २७ को मृत्यु भएको हो । अन्य ठाउँको तथ्याङ्क संकलन भइरहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार आठबीसकोट नगरपालिकामा अहिलेसम्म २० जनाको मृत्यु भएको छ भने सानीभेरी गाउँपालिका–२ चाइनाबगरमा सात जनाको मृत्यु भएको हो ।हालसम्म रुकुम पश्चिममा ४६ जान घाइते भएको विवरण प्राप्त भएको छ । प्रहरीका अनुसार आठबीसकोट नगरपालिकाको वडा नम्बर ११, १२, १३ र १४ मा र सानीभेरी–२ मा ठूलो मानवीय क्षति भएको छ । तत्कालका लागि मानिसको उद्धारमा ध्यान दिएकाले भौतिक संरचनामा पुगेको क्षतिको विवरण त्यसपछि मात्रै सङ्कलन गरिने सूचना अधिकारी प्रहरी निरीक्षक खड्काले जानकारी दिए । हाल नेपाल प्रहरी, नगर प्रहरी, जनप्रतिनिधिलगायत टोली उद्धारमा खटिएको छ ।घाइतेहरुको जिल्ला अस्पताल सल्ले, आठबीसेकोट¬–९ राजी नगर अस्पतालमा उपचार भइरहेको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले जानकारी दिए। भूकम्पका कारण सानिभेरी गाउँपालिकाको वडा नं १ मा पर्ने पक्कीपुलमा क्षति भएकाले उद्धारमा भएको समस्या भए पनि अहिले सहज बनाइएको आठबीसेकोट नगरपालिकाका प्रमुख रवि केसीले बताए ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः४७ मा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

रातिको समय भएकाले थप विवरण सङ्कलन गर्न कठिनाइ भइरहेको छ । बेलुकीको घटना भएकाले घटनाको क्षति हाल प्राप्त भएको तथ्याङ्क भन्दा कयौँ गुणामा क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालविवाह विरुद्ध साझा अभियान सञ्जालका पदाधिकारीलाई तालिम सम्पन्न

२०८० कार्तिक १८, शनिबार १०:२९
खबरखोज समाचारदाता/कालिकोट कार्तिक १८ । “हामि सवैको ऐक्यवद्धता,बालविवाह विरुद्ध साझा प्रतिवद्धता” भन्ने मुल नाराकासाथ बालविवाह विरुद्ध साझा अभियान जिल्ला सञ्जालका पदाधिकारीहरुका लागि २ दिने क्षमता अभिबृद्धि तालिमा कालिकोट जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ । सञ्जालका जिल्ला सह संयोजक कालीबहादुर मल्लको अध्यक्षता र कर्णाली प्रदेश संयोजक पवित्रा शाहीको प्रमुख आतिथ्यतामा […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.