बालविवाह पछि घरेलु हिंसामा परेकी महिलालाई सहयाेग

खबरखाेज समाचारदाता   ।   २०८० पुष २०, शुक्रबार १२:२२

कालिकाेट भदाै ४ गते /घरेलु हिंसाबाट पीडित महावै गाउँपालिका –२ की २४ वर्षीया सरिता शाही सिंहलाई कानुनी प्रक्रियामा जान इन्सेक र बालविवा बिरुद्ध साझा अभियान सञ्जाले भदौ ४ गते कालिकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीमार्फत सहयोग गरेको छ ।२६ वर्षीय पति धर्मराज सिंहले कुटपिट गर्नुका साथै मार्ने धम्की दिएर घरनिकाला गरेपछि आफूलाई कानुनी प्रक्रियामा जान समस्या भएको भन्दै पीडितले इन्सेकले कालिकोटमा गठन गरेको सिफारिस संयन्त्रमा सहयोगको लागि साउन २५ गते निवेदन दिनु भएको थियो । पीडितको निवेदन प्राप्त भएपछि इन्सेकले सञ्चालन गर्दै आएको मानव अधिकार सहायता कक्षको भदौ १ गतेको निर्णय अनुसार सहयोग हस्तान्तरण भएको हो ।

पीडितले साउन २३ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिनु भएको थियो । आर्थिक अवस्था कमजोर भएकी पीडितलाई जिल्ला सदरमुकाममा कानुनी प्रक्रियामा जान आउन समस्या भएको थियो ।

घर निकाला भएपछि चार वर्षीय नाबालक छोरासहित माइतीको आश्रयमा बस्दै आएकी पीडित शाहीलाई मानव अधिकार रक्षक सञ्जाल कालिकोटका संयोजक डिल्लीप्रसाद चौलागाई, बालविवाह बिरुद्ध साझा अभियान संजालका संयाेजक खडानन्द अधिकारी, इन्सेक जिल्ला प्रतिनिधि लगायतको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी माझीले पाँच हजार रुपियाँ र लगाउने कपडा सेट हस्तान्तरण गर्नु भएको हो ।

घर निकाला भएकी पीडितले कानुनी प्रक्रियामा जान आर्थिक समस्या भएको भन्दै इन्सेक कर्णाली प्रदश कार्यालय र बालविवाह विरुद्ध साझा अभियान सञ्जालमा सहयोगका लागि साउन २५ गते निवेदन दिनु भएको थियो ।

सहयोग पाएपछि पीडित सिंहले कानुनी प्रक्रियामा जान सहयोग भएको भन्दै इन्सेक र हुरेन्डेक तथा सञ्जाललाई धन्यवाद दिनु भयो । आर्थिक अवस्था कमजोर भएका कारण कानुनी प्रक्रियामा जान नसकेका गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका पीडितलाई मानव अधिकार सहायता कक्षले सहयोगगर्दै आएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नमुना युवा संसद अभ्यास तालिम सुरु

२०८० पुष २०, शुक्रबार १२:२२
१८ माघ २०८० सुर्खेत कर्णाली प्रदेशका युवाहरुका लागि नमुना युवा संसद अभ्यास तालिम सुरु भएको छ । कर्णाली प्रदेश सभा उप सभामुख यशोधा न्यौपानेको प्रमुख आथित्यता, कर्णाली प्रदेश सभा सदस्य माननीय रनसिंह परियारको विशेष आथित्यता , प्लान ईन्टरनेश्नल नेपालका परियोजना विशेषज्ञ विनय ज्ञवाली तथा दलित महिला संघ फेडो नेपालका केन्द्रिय […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.