नमुना युवा संसद अभ्यास तालिम सुरु

कणाली   ।   २०८० माघ १८, बिहीबार १२:५४

१८ माघ २०८० सुर्खेत
कर्णाली प्रदेशका युवाहरुका लागि नमुना युवा संसद अभ्यास तालिम सुरु भएको छ । कर्णाली प्रदेश सभा उप सभामुख यशोधा न्यौपानेको प्रमुख आथित्यता, कर्णाली प्रदेश सभा सदस्य माननीय रनसिंह परियारको विशेष आथित्यता , प्लान ईन्टरनेश्नल नेपालका परियोजना विशेषज्ञ विनय ज्ञवाली तथा दलित महिला संघ फेडो नेपालका केन्द्रिय उपाध्यक्ष तथा कर्णाली प्रदेश समितिका अध्यक्ष मन्जु सुनारको अध्यक्षतामा कार्यक्रमको सुभारम्भ भएको हो ।
युवाहरुको नेतृत्व विकास, बर्तमान ससदिय अभ्यास, गाउँ सभा र नागर सभामा गरिने प्रक्रिया, नीति तथा बजेट निमार्ण प्रक्रिया, नेपालको संसदिय मर्यादा जस्ता विभिन्न विषयमा सहभागिहरुलाई सक्षम बनाउने उद्देश्यले तालिम संचालन भएको हो । तालिममा कर्णाली प्रदेश सभाका उप सभामुख तथा कार्यक्रमका प्रमुख अतिथि माननीय यशोधा न्यौपानेले यो तालिम अत्यान्तै राम्रो र प्रभावकारी छ किनकि हामी युवाहरुको प्रतिनिधित्व राजनैतिक तथा सामाजिक रुपान्तत्रणमा हुने भएकोले यो संसदिय अभ्यास, गाउँसभा र नगरसभामा गरिने प्रक्रिया , मस्र्यादा तथा अभ्यासको वारेमा सिक्ने यो मौका भएकोले यो अवसरलाई महत्वकांक्षि बनाउन र सक्रिय सहभागिताको अनुरोध संगै आफु राजनैतिक, सामाजिक तथा विभिन्न अभियानमा काम गर्दै गर्दा संसदिय अभ्यास जानकारी थिएन म माननीय भैसके पछि संसद भवन भित्र के बोल्ने कसरी बोल्ने कुन कुर्चिमा को वस्ने जस्ता यावत क्रियाकलापहरुमा अलमल पर्ने हुन्थ्यो र पछि उपसभामुख भैसके पछि झन संसदीय मर्यादा, को कसको के भुमिका भन्ने विभिन्न पदको भुमिका अनुसासन जस्ता विषयहरुमा तेति ज्ञान थिएन तर आज फेडो नेपालले तपाईहरुलाई यो उमेरमा नै यो संसदिय अभ्यास गराउने थालेकोमा फेडो नेपाल र प्लान ईन्टरनेश्नल नेपाल लाई धन्यवाद आगामि दिनमा युवाहरुले हाम्रो भुमिकामा आउने भएकोले यो तालिम महत्वपुर्ण छ भन्दै तालिमको सफलताको शुभकाना दिनु भएको छ ।
तालिममा कर्णाली प्रदेश सभाका सदस्य तथा विशेष अतिथि माननीय रनसिंह परियारले हरेक विकासको अवरोध भनेको चेतना र क्षमता विकास नहुनु हो । जव सम्म समाजको उत्पीडन र गरिवी तथा मानव संसाधन विकास हुदैन तव सम्म विधिले मात्र विकास हुन सक्दैन । अहिलेका स्थानीय तहका अभ्यास र संसदीय अभ्यासहरुमा यस्ता अभ्यास भनएको कारणले जनप्रतिनिधिहरु अलमलिएका छन , यो तालिमले युवाहरुको क्षमता विकास मात्र नभैै अवको पुस्ताहरुले यो राज्य व्यावस्थाको प्रमुख हुने भएकोले आजै देखि यो खालको अभ्यास सिक्दा पछि व्याक्तिकगत तथा संस्थागत विकासमा सहयोग पुग्ने वताउनु भएको छ ।
युरोपियन युनियनको आर्थिक सहयोग प्लान ईन्टरनेश्नल नेपाल र दलित महिला संघ फेडो नेपालको साझेदारी संचालित हाम्रो आवाज हाम्रो रोजाइ परियोजना अन्र्तगत तालिमको आयोजना गरिएको हो । तालिम उद्घाटन समारोहका अथिति तथा प्लान ईन्टरनेश्नल नेपालका परियोजना विशेषज्ञ विनय ज्ञवालीले हामी कर्णाली प्रदेशका युवाहरुको नागरिक तथा राजनैतिक अधिकार सुनिश्चितता र अर्थपुर्ण सहभागिता, युवाहरुको क्षमता विकासका क्षेत्रमा विगत देखि कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा काम गरिरहेका छौ र फेडो नेपाल संगको साझेदारीमा संचालित ओभिवसि परियोजना अन्तर्गत लोकतान्त्रीक नागरिक स्थान , मानव अधिकार सम्वन्धि काम गरेका छौ र यसको प्रभावकारीता नागरिकमा सकारात्मक रहेको बताउनु भयो । र तालिम उद्घाटन समारोहका सभाअध्यक्ष तथा दलित महिला संघ फेडो नेपालका केन्द्रिय उपाध्यक्ष तथा फेडो नेपाल कर्णाली प्रदेशका अध्यक्ष मन्जु सुनारले फेडो एक दलित महिला अभियान्ताहरुको साझा संगठन भएको छ, यसले सामाजिक समानता , लैंगिक समानता , जातिय भेदभाव तथा छुवाछुत विरुद्ध र अन्य समाज रुपान्तत्रणका लागि काम गरिरहेकोले यो कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट आउनु भएका साथीहरुले बास्तविक नमुना युवा संसद अभ्यास प्रक्रियाको यो ज्ञान सिप लिई पछि आफ्नो जिवनकालमा काम लाग्ने भएकोले सवैले सक्रियरुपमा सहभागि भै तालिममा भाग लिन अनुरोधका साथ उदघाटन समारोहको समापन गर्नुभएको छ ।
उक्त तालिम ५ दिन सम्म चल्ने छ भने सहभागितहरु २५ जना रहनेछन भने तालिमको सहजिकरण प्रकाश उपाध्याय र निर्मला गौतमले गर्नुहुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निमार्ण सुरु भएको ३८ वर्ष पछि जहाज उद्धघाटन,नियामित उडान हुनेमा आशंका

२०८० माघ १८, बिहीबार १२:५४
कालीबहादुर मल्ल कोटबाडा–कालिकोट फागुन १४ । यस जिल्लाको नरहरीनाथ गाउँपालिका–१ कोटबाडा स्थित सुनथराली विमानस्थल निर्माण सुरु भएको ३८ वर्षपछि उद्घाटन भएको छ । २०४२ सालदेखि तत्कालीन जिल्ला विकास समितिको एक लाख लगानीबाट निर्माण सुरु भएको ३८ वर्षपछि सोमबार विमानस्थलको औपचारिक उद्घाटन भएको हो । निर्माण सम्पन्न भएको दुई वर्ष बितेपनि […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.