निमार्ण सुरु भएको ३८ वर्ष पछि जहाज उद्धघाटन,नियामित उडान हुनेमा आशंका

कालीबहादुर मल्ल   ।   २०८० फाल्गुन १४, सोमबार १८:०५

कालीबहादुर मल्ल
कोटबाडा–कालिकोट फागुन १४ । यस जिल्लाको नरहरीनाथ गाउँपालिका–१ कोटबाडा स्थित सुनथराली विमानस्थल निर्माण सुरु भएको ३८ वर्षपछि उद्घाटन भएको छ । २०४२ सालदेखि तत्कालीन जिल्ला विकास समितिको एक लाख लगानीबाट निर्माण सुरु भएको ३८ वर्षपछि सोमबार विमानस्थलको औपचारिक उद्घाटन भएको हो ।
निर्माण सम्पन्न भएको दुई वर्ष बितेपनि औपचारिक उद्घाटन हुन सकेको थिएन् । पहिलो परिक्षण उडान २०७३ माघ २९ मा कर्णालीका तत्कालीन मुख्यमन्त्री जीवन बहादुर शाहीले गरेका थिए । त्यसयता तीन पटक परिक्षण उडान गर्ने मिति तयभएपनि स्थगीत हुदैँ आएको थियो । भने कालिकोटबासी नियमित उडानको माग बर्षौदेखि राख्दै आएका थिए ।
तर आईतबार दोस्रो पटक परिक्षण उडान सफल भएपछि सोमबार उपप्रधान तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काले विमानस्थलको उद्घाटन गरेका हुन् । रक्षामन्त्री खड्का संगै पर्यटन मन्त्री सुदन किराँती,कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्मा ,तत्कालीन मुख्यमन्त्री दोय जीवन बहादुर शाही र महेन्द्र बहादुर शाही,कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपाने लगायतका उच्च पदस्थ व्यक्ति नेपाल वायु सेवा र तारा एयरको जहाजमा सुनथराली विमानस्थलको उद्घाटन गर्न पुगेका थिए ।
पछिल्लो वर्षमा साढे १३ करोड बजेट विनियोजन भएर धावनमार्ग कालोपत्रे भएको थियो । भने विमानस्थल निर्माणका लागि झण्डै आधा अर्बबढी बजेट खर्च भएको छ । ६ सय ४० मिटर लामो धावनमार्ग,सुविधायुक्त टर्मिनल भवन,सुरक्षा गार्ड भवन,प्रशासनिक भवन निर्माण लगायतका सबै संरचना निर्माण भएको विमानस्थलका प्रमुख ईन्जिनियर रत्न श्रेष्ठले बताए ।
उनका अनुसार पछिल्लो समय गौरी पार्वती श्याम एण्ड शंकर जेभीले १३ करोड बढी बजेटमा पक्की धावनमार्ग, नाला, माटो काट्ने काम गरेको थियो । भने पीआर इन्फ्रास्ट्रक्चरले भवन र टावर निर्माणतर्फ तीन करोड ४७ लाख ७४ रुपैयाँमा विमानस्थल पूर्वाधार निर्माण काम गरेको थियो ।
उपप्रधान तथा रक्षा मन्त्री पुर्ण बहादुर खड्काले कालिकोटबासीको रगत र पसिनाको उचित सम्मानका लागि पनि सुनथराली नियमित उडानका सरकारले पहल गर्ने बताए । उनले भने,‘आवश्यकता अनुसार नियमित उडानको लागि पहल हुन्छ । तर यात्रुको माग हेरेर हप्ताको एक उडानको व्यवस्था गर्छौ । कालिकोटको पर्यटन प्रर्बद्धन तथा अछाम,बाजुरासंग कालिकोटलाई जोड्न र समग्र कालिकोट समृद्धीको लागि विमानस्थल कोशेढुंगा बन्ने छ ।
पर्यटन मन्त्री सुदन किराँतीले यात्रुको मागलाई मध्यनजर गरी हप्तामा एउटा उडान गर्ने प्रतिबद्धता गरे । कालिकोबाट बासीको वर्षौदेखिको सपनालाई साकार तुल्याउन यात्रुको चाप हेरेर हप्तामा एउटा उडान गर्ने आश्वासन दिए । यात्रुको चाप हुने विमानस्थलमा नियमित उडान नभएको अबस्थामा मन्त्रीले भनेनुसार कालिकोटमा नियमित उडान सम्भव छैन् । यदपी,हप्तामा एउटा हुने उडानको समेत कुनै टुंगो छैन् । तर कालिकोटबासीले मन्त्रीसंग नियमित उडानको माग राखेका छन् ।
‘सुनथराली विमानस्थलमा नियमित जहाज उड्नु भनेको कालिकोटबासीले सेवा पाउनु मात्र होईन,मृत्तक ३६ जनाको आत्मले शान्ति पाउनु पनि हो । तर नियमित जहाज उड्ने कहिले टुंगो छैन’
नियमित उडान हुनेमा आशंका
निर्माण सुरु भएको ३८ वर्षपछि सुनथराली विमानस्थलको सोमबार भव्य उद्घाटन भएपनि नियमित जहाज उडान हुनेमा स्थानीयले आशंका पनि गरिरहेका छन् । विमानस्थल निर्माण गर्दा राज्यपक्षबाट मारिएका आफन्त र कालिकोटबासीले नियमित उडानको माग गर्दै आएका छन् । विमानस्थलको उद्घाटनमा ३८ वर्ष लाग्यो,अब नियमित उडान कहिले रु भन्दै कालिकोट बासीले रक्षामन्त्री र पर्यटन मन्त्रीलाई प्रश्न गरेका छन् ।
२०५८ फागुन ११ गते नेपाली सेनाले विमानस्थल निर्माणको काम गरीरहेका नहरीनाथ १ का टेक बहादुर विष्ट सहित ३६ जना कामदारको निर्मम हत्यागरी एउटै चिहान बनाएको थियो । २१ वर्षीय छोरा टेक बहादुर गुमाएकी आमा मृगा विष्टले सुनथरालीमा दोस्रो पटक जहाज देखेपछि मख्ख भएकी छन् ।
चिहानमाथिको विमानस्थलमा चिलगाडी कुरिरहेका थियौ । उनले भनिन,‘ढिलै भएपनि मन्त्री सहित जहाज आयो । खुसी छौ । तर जहाज चढ्न पाईन्या होकी नाई पत्तो छैन् । सुनथराली विमानस्थलमा नियमित जहाज उड्नु भनेको कालिकोटबासीले सेवा पाउनु मात्र होईन,मृत्तक ३६ जनाको आत्मले शान्ति पाउनु पनि हो । तर नियमित जहाज उड्ने टुंगो नाई रु’
विमानस्थल उद्घाटनसंगै मख्ख परेका कालिकोटबासीले नियमित जहाज चढ्न पाउने अझै निश्चित छैन् । पर्यटन मन्त्रीले हप्तामा एउटा उडान गर्ने आश्वासन दिएपनि कालिकोटबासी ढुक्का छैनन् । कर्णाली प्रदेशमै आन्तरिक उडान नहुँदा समस्या भोग्दै आएका कर्णाली बासीले नेपालगन्ज देखि अन्य जिल्लामा पनि प्रयाप्त उडान छैन् । तर तारा एयरले भने यात्रुको सुनिश्चता भएको खण्डमा कालिकोट उडान गर्न सक्ने बताएको ।
साविक कर्णालीका चार जिल्ला जुम्ला,मुगु,डोल्पा र हुम्लामा नियमित उडान गर्दै आएको तारा एयरले यात्रु सुनिश्चित भए सुनथरालीमा उडान गर्ने बताएको हो । दुई तर्फी ३० जना यात्रु र समयनुकूल भाडादर कायम भएमा नियमित उडान भर्न सकिने तारा एयरकोको भनाई छ ।
विमानस्थल निर्माणमा ३६ जना मरेपनि चिहानमाथि चिलगाडी ९हवाईजहाज० उड्ने कालिकोटबासीको आशा मरेको छैन । सरकारले चाडै जहाज उडाउनु पर्ने,मृतक सबैलाई सहिद घोषणा गर्नु पर्ने र सहिद स्मृति पार्क बनाउनु पर्ने पिडितको माग यथावत छ ।
२०६५८ फागुन ११ गते कोटबाडाका आठ जना टेक बहादुर विष्ट,लहविरे कठायत,भिम बहादुर कठायत,गोर्ख बहादुर कठायत,गंगा विष्ट,नविन विष्ट र लक्ष्मण भण्डारी सहित धादिङ जागिमाराका २६ जना गरी ३६ ज्यान गएको थियो । २०४२ सालमा सुरुमा तीन वटा उपभोक्ता समितिले भिर फाँड्ने काम गरे । १० वर्षे सशस्त्र द्वन्द्वले काम प्रभावित भयो । २०६३ पछि माओवादी र राज्यपक्षबीच शान्ति सम्झौतापछि विमानस्थल निर्माणले गति लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रास्वपालाई गृहसहित चार मन्त्रालय : शिक्षामा सुमना र श्रममा डीपी

२०८० फाल्गुन १४, सोमबार १८:०५
काठमााडौं । नयाँ मन्त्रिपरिषदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना मन्त्री बन्ने भएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ । रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.