कालिकोटको लालुमा करेन्ट लागेर दुइ जनाको मृत्यु

खबरखाेज समाचारदाता   ।   २०८० फाल्गुन २६, शनिबार १२:१६

खबरखाेज समाचारदाता/कालिकोट फागुन २६ । यहाँ जिल्लाको नरहरिनाथ गाउँपालिका–८ लालु गाउँममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
शनिबार बिहान लालु गाँउको एक घर नजिकै पोल ढल्दा करेन्ट लागेर सोही ठाउँका २५ वर्षीय कृषक गंगबहादुर थापा र स्थानीय मंगलासैनी माविका शिक्षक ४३ वर्षीय केशव थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका इन्सपेक्टर पोषण थापाले जानकारी गराएका हुन ।
एक महिनाअघि राष्ट्रिय प्रसारण लाइन पुगेको लालु गाँउमा घरनजिकै पोल ढल्दा तारले दुवैजनालाई बिजुलिको तारले छोएर मृत्यु भएको छ ।
घटनाबारे जानकारी आएपछि इलाका प्रहरी कार्यालय कुमालगाउँबाट प्रहरी निरीक्षक प्रकाश केसीको नेतृृत्वमा प्रहरी टोली घटनास्थल पठाइएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर थापाले बताएका छन् ।
विजुलिको राष्ट्रिय प्रसारण लाइन नरहरिनाथमा पुगे पनि पोललहरु अव्यवस्थित रहेकाले घटना भएको र फेरी पनि हुन सक्ने सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इलाम र बझाङका लागि आयोगले पठायो मतपत्र

२०८० फाल्गुन २६, शनिबार १२:१६
काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ का लागि मतपत्र पठाएको छ । जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा छापाखानामा छापेर आज सम्बन्धित जिल्लामा मतपत्र पठाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले रातोपाटीलाई जानकारी दिए । इलाम क्षेत्र […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.