कालिकोटका बाढी प्रभावितलाई पलको सहयोग

खबरखाेज सम्वादाता   ।   २०७७ भाद्र ८, सोमबार १४:४९

नायक पल शाहले कालिकोट पुगेर बाढी पहिरो प्रभावितलाई सहयोग गरेका छन् । हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानको सहकार्यमा प्र

भावितहरुलाई सहयोग गरिएको हो । कालिकोटको नरहरिनाथ गाउँपालिकामा पहिरा जाँदा ठूलो जनधनको क्षती भएको थियो । पहिरो प्रभावितलाई राहतको आवश्यकता देखेर नै समय प्रतिकुल हुँदा पनि आफ्नो टिम कालिकोट पुगेको पलले बताए ।

उनीहरुले बाढी पहिरो प्रभावित ४० घर परिवारलाई खाद्यान्न, लत्ता कपडा वितरण गरेका थिए । नायक पल शाहले विभिन्न दुख झेल्दै आफूहरु कालिकोट पुगेको बताए । उनले भने–‘एकातिर कोरोनाको कहर, अर्कोतिर बाढी पहिरोले विग्रिएको सडक, कालिकोटसम्म आइपुग्न सहज थिएन । तर, यात्रा कष्टकर भएपनि कोरोनापछि पहिरोको समस्याले नागरिकहरु विपद्मा परेपछि हाम्रो टिम कालिकोट पुगेको हो ।’

पलले कालिकोटका नागरिकको पीडा महशुश गरेर आफूहरु यहाँ आएको बताए । म्यूजिक भिडियो छायांकनमा व्यस्त रहँदा कोरोना संक्रमण बढेपछि पलले काम रोकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपाले भदौ १३ गते बोलायो सचिवालय बैठक

२०७७ भाद्र ८, सोमबार १४:४९
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार सचिवालय बैठक बोलाएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको भेटवार्तामा १३ गते शनिबार सचिवालय बैठक बोलाउने सहमति भएको हो । बैठकमा पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदनमाथि छलफल हुनेछ । कार्यदलले प्रतिनिधिसभाको […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.