मेरा विरुद्ध कुप्रचारको खेति गरियो – उपप्रधानमन्त्री पोखरेल

खबरखोज सम्वाददाता   ।   २०७७ भाद्र १०, बुधबार १७:०९

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय वाणिज्य बैंकमा आफ्ना सम्धीलाई नियुक्ति गरेको भनी आएका सूचनाहरूमा आफनो ध्यानाकर्षण भएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत मन्त्री पोखरेलले भन्नुभएको छ, हिजो राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन विताइरहेका बेला बदनाम र चरित्रहत्या गर्ने हिसावले “घरको पानी ट्यांकीमा पैसा राखेको“ कुप्रचार गरिएको थियो । अहिले विगतको निरंकुश शाही शासनका तिनै दुष्ट मतियारहरू समेत नयाँ ढंगले मेरो बिरूद्धमा स्वर उरालिरहेका वताउन भएको छ ।

प्रेस विज्ञप्ति जस्ताको तस्तै

केही दिनयता मलाई केन्द्रीत गरी कतिपय संचार माध्यमहरूले समाचार सम्प्रेषण गरेका छन् । ती समाचारहरूप्रति मेरो गंभीर ध्यानाकर्षण भएको छ ।मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान क़ानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन । भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् ।

कहींकतै पनि मेरो अबाञ्छित चासो वा हस्तक्षेप नभएको कुरा जानकारी गराउँदछु । यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउन चाहन्छु । मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएकार गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु । यस्तो विषयका कारण दुखित हुनुभएका मप्रति सद्भाव राख्ने, मलाई माया गर्ने, समर्थन गर्नुहुने आदरणीय मित्रहरूलाई कुनै पनि किसिमको भ्रममा नपर्न अनुरोध गर्दछु ।

विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन विताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसावले “घरको पानी ट्यांकीमा पैसा राखेको“ कुप्रचार गरिएको थियो । अहिले विगतको निरंकुश शाही शासनका तिनै दुष्ट मतियारहरू समेत नयाँ ढंगले मेरो बिरूद्धमा स्वर उरालिरहेका छन् १ म ती सबैलाई चुनौती दिदै घृणापूर्वक अस्वीकार गर्दछु । सम्पूर्ण शुभचिन्तक, समर्थक, मित्रहरू तथा आम जनतालाई विश्वास दिलाउन चाहन्छु तपाईंहरूको विश्वास र भरोसालाई म कहिल्यै कमजोर हुन दिने छैन ।

 

 

 

One thought on “मेरा विरुद्ध कुप्रचारको खेति गरियो – उपप्रधानमन्त्री पोखरेल

  1. हल्ला बोल मिडियाहरू हिजोआज केही अफवाह फैलाएर चरित्र हत्या गर्ने प्रयास गरिराखेका छन।

Leave a Reply to nagindra shahi Cancel reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा नेता नगिन्द्र शाहीद्धारा जन्मदिनमा विरामीलाई फलफूल वितरण

२०७७ भाद्र १०, बुधबार १७:०९
कालिकोट  । नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) कालिकोटका सचिव नगेन्द्र शाही नेश्नलले आफ्नो जन्मदिनको अवसरमा विरामिहरुलाई शुक्रबार फलफूल वितरण गर्नु भएको छ । नेकपा प्रदेश कमिटि सदस्य एवम युवा नेता शाहीले आफ्नो जन्मदिनको अवसरमा जिल्ला अस्पताल कालिकोट पुगेर विरामीहरुलाई फलफूल र फ्रुटी वितरण गुर्न भएको हो । आफ्नो जन्मदिनमा खर्चने रकमबाट […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.