कोरोनाबाट थप ८ जनाको मृत्यु, कुल संख्या १८३ पुग्यो

खबरखोज सम्वाददाता   ।   २०७७ भाद्र १२, शुक्रबार १२:३२

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ५ जना महिला र ३ पुरुष रहेका छन् । मृत्यु हुने महिलामा ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेका एक एक जना रहेका छन् । त्यस्तै काठमाडौँ, पर्सा र कपिलवस्तुका एक एक पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको छ ।

त्यस्तै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर ३३४ महिला र ७७७ पुरुषसहित एक हजार १११ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।

खरिबोटबाट

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

२०७७ भाद्र १२, शुक्रबार १२:३२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न सभामुख सापकोटा शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटमा बाढी पहिरोबाट विस्थापित सिन्धुपाल्चोकवासीलाई सुरक्षित स्थानमा स्थायी आवास बनाएर स्थानान्तरण गर्नेबारे छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । सभामुखका प्रेस […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.