कहिले नकु कहिले नाग्म पहिरो ….देउडा गित – चित्रसिंह गाउँले

चित्रसिंह गाउँले   ।   २०७७ भाद्र १४, आईतवार २२:४८
कहिले नकु कहिले नाग्म – पहिरो पस्याको छ
कालिकोटमा तीन दर्जनको – जीवन डस्याको छ ।
कोरोनाले डर देखायो – पहिराले जिउ लियो
कोही घाइते छन् कोही बेपत्ता – दिनु दुख्ख दियो
रास्कोट, नरहरिनाथमा – हिसाब नाइ क्षतिको
भन्न्या दिन् कैलेदै छुट्लान् – जिउ लग्यो यतिको ।
गडकुलो रिटाउन खोज्दा – पलाता नासियो
पुल बन्योन टाकुल्लाउदो – जिउ मात्तै मासियो ।
कोटबाडा दुईको जिउ बाइगो – राम्नी तर्साउदैछ
काल बैरीलाइ दया छैन – अाँसु बर्साउदैछ ।
शब्दबाट श्रद्धाञ्जली – धर्ती छोड्न्या कन
पीडितको जे गर्दापनि – थामिन्या नाइ मन ।
कोही बस्छन् पाल टाँगीकन – कोही अर्काको घरमा
राहत देउ घरघरै पुगि – सरकारकै छन् भरमा ।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटका स्थानीय तहमा खानेपानी सरसफाई समन्वय समिति गठन हुदै

२०७७ भाद्र १४, आईतवार २२:४८
कालिकोट/ यस जिल्लाका सवै स्थानीय तहमा खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरिने भएको छ । डिवाससिसी कालिकोटको वैठकले स्थानीय तहमा तत्काल समितिहरु गठन गर्ने निर्णय गरेको हो । डिवाससिसि संयोजक तथा जिल्ला समन्वय समिति कालिकोटका प्रमुख अनिपाल शाहीको अध्यक्षतामा सोमबार बसेको बैठकले सो निर्णय गरेको जिल्ला खानेपानी तथा […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.