नकुको घाउमा महेन्द्र शाही ‘रास्कोटी’को गिति मलम

खबरखोज सम्वाददाता   ।   २०७७ भाद्र १७, बुधबार १०:५४

कालिकोट /२०७७ साउन,२९ गते राती । काँबाट काल बनी आयो पैरो घरमाथी ।। धन राख्योन जिउ राख्योन, यहि ७७ सालले । नाप्पा दया मानिल्नु हो,बैरी पापी कालले ।।
यस्तै हृदयविधारक देउडा समेटेकोे देउडा गिति एल्वब “नकु गाउँको पहिरो” प्रकाशमा आएको छ ।
साउन २९ गते राति महवै गाउँपालिका–३ नकु गाउँमा रजबहादुर विष्टको घर भत्कीदा उहाँका दुइ छोरा दुइ छोरी र उहाँका दाजु डिलबहादुर विष्टका दुइ छोरीको ज्यान गएको थियो ।
सोही घटनालाई लिएर चर्चित गायक महेन्द्र शाही रास्कोटीको आवाजमा देउडा गिति एल्वम अडियो भिडियो प्रकाशमा आएको हो । महावै गापा –३ को सहयोगमा रजबहादुर विष्टको प्रस्तुतिमा केशर सिंह अक्रोशको शव्द्ध रचना रहेको देउडा गितमा नवरज सिंह विवेकको लय रहेको छ ।
पहिरामो परि एकै परिवारका ६ जना गुमाउनु परेको दर्दनाक घाउमा गायक रास्कोटीले गितबाटै मलम लगाउने प्रयास गर्नु भएको छ ।
हृदयविधारक गिति एल्वममा बुवा आमा साथि भाइ कहाँ गयौ छाडी । वैरि कालले चुडि लैगो मेरो फूलको वाडी ।। चार भाइर दुइ वैनिको एकै भयो चिहान । बुवा ममि को भनला साँझ र विहान ।। शंसारका दुखारी रैछौ,म रज र मैना । दिनभरी झ–झल्को आउदो, राति भरी सैना ।।
बुबा ममि भेट गरिजाउ,आइजाउ, गलि गलि । छोरा छोरी आँखाभरी घुम्छन, आँखा भरी ।। लगाएतका गितहरु रहेका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रकारबाट गाउँपालिकाले स्टेचर सहयोग लिनु लाजमर्दो हो - नेता गाउँले

२०७७ भाद्र १७, बुधबार १०:५४
कालिकोटका/नेपाल कम्युनिस्ट पार्टी(नेकपा)कालिकोटका नेता चित्रसिंह गाउँलेले महावै गाउँ पालिकाले पत्रकार बाट स्टेचर सहयोग लिएर लाजमर्दो काम गरेको वताउनु भएको छ । पत्रकार पुष्पराज भट्टराईले जन्मदिनको अवसर पारेर अाज महावै गाउँ पालिकालाइ स्टेचर प्रदान गरेको देखेपछि नेता गाउँलेले सो प्रतिक्रिया दिएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस मार्फत नेता गाउँलेले अाफ्नो […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.