तत्काल मन्त्रिपरिषद् पुनगर्ठन हुदैन ः प्रधानमन्त्री ओली

खबरखोज सम्वाददाता   ।   २०७७ भाद्र १९, शुक्रबार १६:०२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनगर्ठन नहुने संकेत गरेका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन आफूहरुविरुद्ध गरिएको प्रचार मात्र भएको बताए । ‘हल्लाको पछि नलाग्नुस्, पुनगर्ठन हुँदैन’ उनले मन्त्रीहरुलाई भनेका छन्, ‘ढक्कसँग आफ्नो जिम्मावारी पूरा गर्न लाग्नुस् ।’

प्रधानमन्त्री ओलीले खाली भएको ठाउँमा नयाँ मन्त्री नियुक्त गरेपनि सिंगो मन्त्रिपरिषद् पुनर्गठन नहुने संकेत गरेको बालुवाटार स्रोतले जनाएको छ ।

सत्तारुढ नेकपाको विवाद समाधानबारे सुझाव दिन गठित कार्यदलले मन्त्रिपरिषद् पुनर्गठन गर्न सुझाएको छ । त्यसलगतै नेकपामा मन्त्रिपरिषद् पुनर्गठनको बहस चर्किएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२ सय ३४ जना स्वास्थ्यकर्मीको करार संझौता थप्ने कर्णाली प्रदेश सरकारको निर्णय

२०७७ भाद्र १९, शुक्रबार १६:०२
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न ५ नाकामा स्थापना गरिएका हेल्थ डेक्समा खटिने ५८ र सामुदायिक नर्स (स्टाफ नर्स र अनमी) कार्यक्रममार्फत खटिएका १७६ गरेर २३४ जना स्वास्थ्य कर्मीको करार संझौता थाप्ने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारको सोमबार बसेको मन्त्रीपरिषद् बैठकले कर्णाली प्रदेशको अन्तर प्रदेयित र अन्तर […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.