६ जिल्लामा छैनन् सक्रिय संक्रमित, ११ जिल्लामा ५ सयभन्दा बढी

खबरखोज समाचादाता   ।   २०७७ भाद्र २०, शनिबार १९:१८

काठमाडौं/देशभरका ११ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। प्रदेश १ का मोरङ र सुनसरी,  प्रदेश २ का ५ जिल्ला धनुषा, पर्सा, बारा, रौतहट र सर्हालीमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन्। त्यसैगरी बागमती प्रदेशका काठमाडौं,  ललितपुर र चितवन र प्रदेश ५ का रुपन्देहीमा पाँच सय भन्दा बढी सक्रिय संक्रमित छन्।

सरकारले पाँच सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा निषेधाज्ञा लागू गरेको छ। त्यसैगरी, ६ जिल्लामा शून्य संक्रिय संक्रमित छन्। प्रदेश १ को ताप्लेजुङ्ग र सोलुखुम्बु, गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको मुगु, डोल्पा र हुम्लामा सक्रिय संक्रमितको संख्या शून्य छ।
शनिबार देशभर १ हजार ४१ न्याँ संक्रमित थपिएका छन्। हालसम्म ४५ जार २ सय ७७ संक्रमित नेपालमा पुष्टि भएका छन्।
हालसम्म २७ हजार १ सय २७ संक्रमित निको समेत भइसकेका छन्। भने २४ घण्टामा १ हजार ५ सय ६६ संक्रमित संक्रमणमुक्त भएका छन्। देशभर १७ हजार ८ सय ७० जना संक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या २८० पुगेको छ।

नेपाललाइभ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मल ल्याउन नसक्ने कम्पनीसँगको ठेक्का रद्द

२०७७ भाद्र २०, शनिबार १९:१८
काठमाडौं, / कृषि सामाग्री कम्पनीले तोकिएको समयमा रासायनिक मलको आपूर्ति नगर्ने दुई कम्पनीको ठेक्का रद्द गरेको छ । कम्पनीमा आइतबार बसेको वैठकले शैलुङ इन्टरप्राइजेज र हानोको मल्टिपर्पोजसँगको ठेक्का रद्द गर्दै यी दुई कम्पनीले राखेको करिब साढे ९ करोड रुपैयाँको बैंक धरौटी जफत गर्ने निर्णय गरेको हो । दुवै कम्पनीबाट क्षतिपूर्ति […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.