सुन्तलाको पकेट क्षेत्रमा कालिज पालन

खबरखोज   ।   २०७७ श्रावण ८, बिहीबार १०:५०

जाजरकोट । सुन्तलाको पकेट क्षेत्रका रुपमा रहेको कुशे गाउँपालिका–५ दम्दालामा कालिजपालन सुरु गरिएको छ ।

पशु अस्पताल तथा पशुसेवा कार्यालय जाजरकोटले रु १० लाख अनुदान दिएपछि स्थानीय शिवबहादुर मल्लले कालिजपालन गर्नुभएको हो । कुशे एग्रे फरेस्टी प्रालिको नामबाट पहिरो चरणमा २५० वटा कालिजपालन गरेर व्यावसायिक अभ्यास गरिएको मल्लले जानकारी दिए ।

पर्यटकीय सम्भावना बोकेको दम्दालामा कालिजपालन सुरु गरेसँगै अन्य कृषिजन्य वस्तुको उत्पादनका लागि पहलकदमी सुरु भएको छ । यो वर्ष कालिजपालनको अवस्था हेरेर अर्को वर्ष पनि सहयोग हुनसक्ने कार्यालयका प्रमुख जरबहादुर भक्रीले बताए ।

आलु र सुन्तलाको पकेटक्षेत्र रहेको दम्दालामा कालिजपालनले थप आयआर्जन हुने विश्वास लिइएको छ । त्यस्तै डोल्पाको सदरमुकाम दुनैमा पशु अस्पताल तथा पशुसेवा कार्यालयको सहयोगमा नन्दलक्ष्मी थापाले कालिजपालन सुरु गरेका छन् ।

जम्मा ८९ वटा कालिजपालन गरेको थापाको भनाइ छ । यो पटक ८९ कालिज, १५० बटइ र १६ लौकाटको पहिरो चरणमा व्यावसायिक रुपमा पालन सुरु गरिएको उनको भनाइ छ । – रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटको पहिरोमा मृत्यु हुनेको संख्या नौ पुग्यो

२०७७ श्रावण ८, बिहीबार १०:५०
गत सोमबार राति कालीकोटकै रास्कोट नगरपालिकामा बाढीले बगाएर बेपत्ता भएका पाँचजना अझै भेटिएका छैनन् ।

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.