मल ल्याउन नसक्ने कम्पनीसँगको ठेक्का रद्द

खबरखोज सम्वाददाता   ।   २०७७ भाद्र २२, सोमबार ०६:३२

काठमाडौं, / कृषि सामाग्री कम्पनीले तोकिएको समयमा रासायनिक मलको आपूर्ति नगर्ने दुई कम्पनीको ठेक्का रद्द गरेको छ । कम्पनीमा आइतबार बसेको वैठकले शैलुङ इन्टरप्राइजेज र हानोको मल्टिपर्पोजसँगको ठेक्का रद्द गर्दै यी दुई कम्पनीले राखेको करिब साढे ९ करोड रुपैयाँको बैंक धरौटी जफत गर्ने निर्णय गरेको हो । दुवै कम्पनीबाट क्षतिपूर्ति लिने र कालोसूचीमा राख्ने प्रक्रिया पनि सुरु गरिएको आइतबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मल आयातका लागि नयाँ प्रकृया अब सुरु हुनेछ । दुवै कम्पनीले दुई पटक गरेर भदौ २० सम्म मल ल्याउने सम्झौता गरेका थिए । ठेक्का पाएका कम्पनीले आयात गर्न नसक्दा देशभर मलको हाहाकार छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खतिवडाको सत्तारोहण र बर्हिगमनका सन्देश

२०७७ भाद्र २२, सोमबार ०६:३२
दुईबर्ष ६ महिना अर्थ मन्त्रालयको राजनीतिक नेतृत्व सम्हालेपछि डा.युवराज खतिवडाले सांसद नभएको व्यक्ति छ महिना बढी मन्त्री हुन नपाउने संविधानको धारा ७८ को व्यवस्था अनुसार भदौ १९ मा राजिनामा दिनुभयो । राष्ट्रियसभाको दुई बर्षे कार्यकाल सकिएपछि छ महिनाका लागि उहाँले अर्थमन्त्रीमा निरन्तरता पाउनुभएको थियो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.