खबरखोज सम्वाददाता
कालिकोट । कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाही, तारा शाहा र पदमबहादुर शाहीले आफै पकेटका पैसा निकालेर हामीहरुलाई दाल, चामल, साबुन लगायतका दैनिक उपभोग्य सामानहरु किनिदिए ।’भन्ुहुन्छ जिल्लाको खाँडाचक्र नगरपालिका -२ निवासी धनसोभा विक विक । उहाँको परिवारले सेरीघाटमा कर्णाली राजमार्गको किनारमा झण्डै दुई गाडी गिट्टी कुटेकी छन् । उनको श्रीमान भारतमा छन् ।
घरमा छोरा छोरीहरु सहित सात जनाको परिवार छ । सधै गिट्टी कुटेर भारी बोकेर कमाएको पैसाले उनको चुलो बल्थ्यो । तर आज भोली उनले कुटेका गिट्टी पनि बिक्रि भएका छैनन् । भारी बोक्ने काम कोरोनाका कारण बन्द भएको ६ महिना पुग्यो । घरमा चामल, दाल , तेल लगायत दैनिक उपभोग्य सामानहरु नहुँदा समस्या भयो ।यस्तै स्थानिय बुदी विकको पनि पीडा उस्तै छ ।
पाँच जनाको परिवार थाप्लोको भारी र गिट्टी बालुवाको काम गरेर कमाएको पैसाले पालिदै आएका थिए । लकडाउनले मजदुरीका सबै बाटाहरु बन्द भए ।
लकडाउनका बेलादेखी नै छिमेकीसँग मागेर सापट लिएर चामल चुलो बल्यो । वडा कार्यालय र नगरपालिकाले बितरण गर्ने राहतमा उनको नाम समावेश भएन् । उनी लगायत खाँडाचक्र नगरपालिका सोहि ठाउँका ६० जना विपन्न परिवारहरु वडा कार्यालय र नगरपालिका घेराउसम्म गरे । पछि राहत दिउला भनेर आस्वाशन मिल्यो । राहत मिलेन् ।
चामलको बोरा लिएर घर फर्किदै गरेकी धनसोभा बिकले खुसी हुँदै भनिन्, ‘कांग्रेसले ठुलो राहत दियो । स्थानिय सरकारले राहत नदिएपछि प्रतिपक्ष दल कांग्रेसलाई राहतको पहल गरिदिन आग्रह गरेको थियौँ ।
स्थानिय सरकारले दिने राहत पाउनेहरुको लिष्टमा उनको नाम समेटिएनन् । कांग्रेसका नेताहरु गाँउमा राहत बाँड्ने आएपछि ठुलो राहत भयो । उनले भनिन्, कांग्रेसका नेताहरुले राहत मात्र दिएनन् । गाँउका सबै विपन्न परिवारमा खुसी दिए । मजदुरीबाट जीविका चलाउने स्थानीय बालकौरा परियार भन्छिन् ‘लकडाउनपछि काम नपाएर बिजोग थियो, सरकारले निश्चित मान्छेहरुलाई खाद्यान्न दियो, हामीलाई दिएन् । छाक टार्नै समस्या भईरहेका बेला २ण् किलो मात्र भएपनि चामल पाईयो ।’ नेपाली कांग्रेसबाट २०७४ सालको प्रतिनिधि सभामा पराजित उम्मेद्वार भुपेन्द्रजंग शाही, २०७४ सालमा सम्पन्न भएको स्थानिय तहको निर्बाचनमा खाँडाचक्र नगरपालिकाको प्रमूखमा पराजित पदमबहादुर शाही र कांग्रेस नेतृ निर्माण व्यवसायी संघकी केन्द्रीय सदस्य तारा शाहाले व्यक्तिगत रुपमा लगानी गरी खाँडाचक्र नगरपालिका १ र २ का २ सय विपन्न परिवारहरुलाई राहत बितरण गरे ।
को घरमा गए र नगरपालिकाबाट राहतको पहल गरिदिन आग्रह गरे । तर कांग्रेस युवा नेता शाहीले आफै त्यहाँका सबै विपन्न परिवारहरुलाई राहत दिने बताएपछि फर्किए । कांग्रेस नेता शाहीले भने, ‘हामीहरुसँग राहतको लागि पहल गरिदिन स्थानिय युवाहरुले माग गरे । तर हामीले सरकारले मात्र गरेन भनेर आरोप लगाउन भन्दा पनि समस्यामा रहेका विपन्न परिवारलाई आफै सहयोग गरौँ भनेर मानवियताका हिसावले आफै राहत बितरण गरेका हौँ ।
’ प्रति परिवार २० किलो चामल, दुई किलो दाल, एक पोका तेल, मास्क लगायतका सामाग्र्रीहरु २ सय परिवारहरुलाई बितरण गरिएको छ । उनले जिल्लाभरीका बाढी पीडित तथा बिपन्न परिवारहरुलाई कांग्रेसको तर्फबाट गाँउ गाँउमा राहत बितरण गर्न थालिएको जानकारी दिए । यस्तै कांग्रेस नेता पदमबहादुर शाही र तारा शाहाले सबैको घरमा सहज रुपमा चुलो बलो भन्ने उद्देश्यले आफुहरुले विपन्न परिवारहरुलाई सहयोग गरेको बताए ।