कर्णाली प्रदेशमा मानव अधिकार सहायता कक्ष स्थापना

खबरखोज सम्वाददाता   ।   २०७७ भाद्र २४, बुधबार १७:००

सुर्खेत /कर्णाली प्रदेशमा जोखिममा रहेका मानव अधिकार रक्षकहरूको सहायता गर्नका लागि आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मानव अधिकार सहायता कक्ष स्थापना गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आयोजनामा उक्त सहायता कक्ष स्थापना गरिएको हो ।
साथै उक्त सहायत कक्ष सञ्चालनका लागि सात सदस्यीय समिति गठन गरिएको छ । समितिमा टीका विष्ट, टिकाराम आचार्य, मधुरानी ढकाल, दिपेन्द्र शर्मा, खगिसरा ओली, उत्तम आचार्य र विष्णुप्रसाद शर्मा सदस्य रहनु भएको छ । सहायता कक्षबाट जोखिममा परेका मानव अधिकार रक्षकलाई कानुनीसँगै आर्थिक सहायता पाउने छन् । अरुको अधिकारका लागि लड्ने मानव अधिकार रक्षकहरु विभिन्न किसिमका जोखिममा पर्दै आउनुभएको छ ।
पछिल्लो समय मानव अधिकार रक्षक जोखिममा परेकाले उनीहरूको सहयोगका लागि सहायता कक्ष स्थापना गरिएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी गराउनुभयो । ‘अरुको अधिकारका लागि लड्दा लड्दै मानव अधिकार रक्षक आफैँ जोखिममा परिरहेका छन्,’ उहाले भन्नु भयोे भने, ‘त्यस्ता रक्षकहरूलाई थोरै भए पनि सहयोग सहायता कक्षले गर्ने छ ।’
जोखिममा परेका रक्षकहरूले सहायता सहयोग नपाउँदा उनीहरूको अवस्था दयनीय भएको छ । मानव अधिकार सहायता कक्ष सञ्चालक समितिले जोखिममा रहेका मानव अधिकार रक्षकहरूको खोजी गर्ने इन्सेकले जनाएको छ ।
जोखिममा परेका मानव अधिकार रक्षकहरूको प्राथमिकताका आधारमा कानुनी तथा आर्थिक सहायता उपलब्ध गराइने इन्सेक सुर्खेतका प्रतिनिधि दुर्गा थापाले जानकारी दिए । यो समितिले कर्णालीभरि काम गर्ने उनको भनाई छ । यो समितिले मानव अधिकार रक्षकहरुका लागि महत्वपूणर् भूमिका निर्वाह गर्ने राष्ट्रिय मानव अधिकार आयोग कर्णालीका प्रमुख रमेशकुमार थापाले जानकारी गराउनु भएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपाको महाधिवेशन चैत २५ देखि ३० सम्म काठमार्डौंमा हुने 

२०७७ भाद्र २४, बुधबार १७:००
काठमाडौं/सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले प्रस्तुत गर्नुभएको प्रस्ताव पारित गर्दै सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले बिवाद समाधान कार्यदलको सुझावअनुसार अध्यक्षद्वय ओली र प्रचण्डले तयार पार्नुभएको प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गर्दै सकिएको हो ।गत असार […]

सम्बन्धित समाचार

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.