बालीका बलात्कारका आरोपी नेपाली सेनाविरुद्धको उजुरी दर्ता

खबरखोज सम्वाददाता   ।   २०७७ आश्विन ५, सोमबार १५:५५

कालिकोट / १६ वर्षीया बालीका बलात्कार गरेको आरोपमा तिलागुफा नपा–११ ढिम्नीया निवासी नेपाली सेनामा कार्यरत सिपाही २२ वर्षीय वीरेन्द्र शाहीविरूद्ध दिएको उजुरी एक हप्ता पछि उजुरी दर्ता भएको छ ।
नेपाली सेना शाहीविरुद्धा जिल्ला प्रहरी कार्यालय कालिकोटमा भदौ ३१ गते उजुरी दिएपनि  नभएको पीडित बालिकाले गुनासो  गर्नु भएको थियो ।
पीडित बालीकालाई कालिकोटस्थित रणसुर गुल्ममा कार्यारत आरोपित शाहीले भदौ १३ गते बलात्कार गरेको आरोपमा भदौ ३१ गते प्रहरीमा जवजस्ती करणी शिर्षकमा उजुरी दिएकी हुन ।
पीडित बालिकाले आरेपितविरूद्ध बलात्कारको शीर्षकमा उजुरी दिएको भएपनि नेपाली सेना रणसुर गल्मलाई पत्र आएपछि दर्ता भएको कालिकोटका प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहले बताउनु भयो ।
पीडित बालिकाले ज्यान सुरक्षको् लागि मानअधिकार सहायता कक्ष कर्णाली प्रदेशको सचिवालय इन्सेकमा निवेदन दिएकी छन् ।
पीडित बालिकाले अवश्यक कानुनी प्रक्रिया तथा आर्थिक सहायतका लागि मानव अधिकार सहायता कक्षको सचिवालमा निवेदन दिएकी हुन् ।
घटनाका वारेमा नेपाली सेना रणसुर गुल्म मान्म कालिकोटका प्रमुख मेजर सागर थापाले आरोपित शाहीका सम्वन्धमा जिलला प्रहरी कार्यालयबाट पत्र आएको र माथिल्लो निकायमा लेखि पठाउदा कुनै आदेश नआएका कारण प्रहरीमा उपस्थित गराउन नससिएको वताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २ गते गरिएको जिल्ला स्वास्थ्य व्यवस्थापन कार्यालयका निमित्त प्रमुख भिष्म पाख्रेलले बताउनु भयो ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मिडियालाई निष्पक्ष वन्न प्रदेश सांसद शाहीको सुझाव

२०७७ आश्विन ५, सोमबार १५:५५
कालिकोट/ कर्णाली प्रदेशसभा सदस्य कुर्मराज शाहीले मिडियाकर्मीलाई निष्पक्ष र स्वातन्त्र वन्न आग्रह गर्नु भएको छ । तिब्रिकोट मिडियाद्धारा सञ्चालित अनलाइन न्युज खवरको उदघटन समाहरोमा शुभकामना मन्तव्य राख्दै प्रदेश सांंसद शाहीले उक्त सुझव राख्नु भएको हो । कार्याक्रमका प्रमुखअतिथि समेत रहनु भएका सांसद शाहीले पत्रकार राष्ट्र निर्माणको एक हिस्सा र सवै […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.