कालिकोट/ कर्णाली प्रदेशसभा सदस्य कुर्मराज शाहीले मिडियाकर्मीलाई निष्पक्ष र स्वातन्त्र वन्न आग्रह गर्नु भएको छ । तिब्रिकोट मिडियाद्धारा सञ्चालित अनलाइन न्युज खवरको उदघटन समाहरोमा शुभकामना मन्तव्य राख्दै प्रदेश सांंसद शाहीले उक्त सुझव राख्नु भएको हो ।
कार्याक्रमका प्रमुखअतिथि समेत रहनु भएका सांसद शाहीले पत्रकार राष्ट्र निर्माणको एक हिस्सा र सवै विषयको ज्ञाता हुने भएकाले ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर कलम चलाउनु पर्ने वताउनु भयो ।
मिडिया प्रलिका प्रवन्ध निर्दशक विश्वनाथ सिम्खाडाको अध्यक्षतामा सम्पन्न कार्याक्रमका विषेश अतिथि पलाता गाउापालिका अध्यक्ष लक्षमण बमले पत्रकारले उठान गरेको विषय टुङगोमा नपुगे सम्म निरन्तर लाग्नु पर्ने धारण राख्नु भयो ।
कार्याक्रममा नेकपाका कर्णाली प्रदेश सदस्य लक्ष्मीप्रसाद चौलागाँई शैलेन्द्र,नेपाली कंग्रसका दमनवहादुर शाही,जिल्ला समन्वय समितिका कानूनि सल्लाहकार कृष्णप्रसाद आचार्य, कृषि कार्यालय कालिकोटका प्रमुख भरत बस्नेत, प्रेस संगठनका अध्यक्ष भरतराज विष्ट लगाएतले शुभकामना दिनु भएको थियो ।
“सत्य, तथ्य र निश्पक्ष समाचार हाम्रो आधार” खोजी अभियानको लागी सधाभार– अनलाईन न्युज खवर भन्ने मुल उदेश्यले संचालनमा ल्याउन लागिरहेको मिडियाको औपचारीक ्रुपमा उद्घाटन गरीएको प्रवन्ध निर्देशक सिम्खाडाले वताउनु भयो ।
उद्घाटन कार्यक्रमको संचालन पत्ररकार पुष्पराज भट्टराईले गरेका थिए ।