क्लबसँगको विवादबारे मेसीले भने : मैले जे गरेँ बार्सिलोनाका लागि गरेँ

खबरखोज सम्वाददाता   ।   २०७७ आश्विन १४, बुधबार २०:२४

१४ असोज, काठमाडौं । अर्जेन्टिनी स्टार खेलाडी लिओनल मेसीले स्पेनिस क्लब बार्सिलोना आफ्नो उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

गत महिना क्लब छाड्न चाहेको घोषणा गरेका मेसी क्लबसँग केही विवादपछि पुन बार्सिलोनामै बस्न सहमत भएका थिए । उनले हालै एक अन्तर्वार्तामा आफूले क्लबसँगको असहमति अन्त गर्न चाहेको बताए ।

उद्धेश्य हासिल गर्न र सधैँ एकजुट हुनको लागि उत्साह देखाउनुपर्ने भन्दै मेसीले आफ्नो गल्ती पनि स्वीकार गरेका छन् । ‘म आफ्ना गल्तीहरूका लागि जिम्मेवारी स्वीकार्छु, यदि केही थिए भने केवल राम्रो र बलियो बार्सिलोना बनाउनका लागि थियो’ उनले भने ।

मेसीले आफ्नो भनाइ वा व्यवहारबाट कसैलाई चित्त दुखेको भए पनि शंका नगर्न आग्रह गरेका छन् । ‘किनकी मैले क्लबको लागि सबै भन्दा राम्रो चीजको बारेमा सोच्दै गर्दा यो गरें’ उनले क्लबसँगको आफ्नो विवादबारे प्रष्टिकरण दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

केशव भट्टराइको परिवारलाई ३४ लाख सहयोग

२०७७ आश्विन १४, बुधबार २०:२४
तत्कालिन चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्माता केशव भट्टराइको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । भट्टराइको निधन भएपछि उनको परिवारलाई व्यवस्थापन गर्ने उद्देश्यका साथ गठन भएको ‘स्वर्गिय केशव भट्टराई परिवार सहयोग समितीले’ सहयोग रकम आज एक कार्यक्रम गर्दै उनको परिवारलाई हस्तान्तरण गरेको हो । भट्टराइकी धर्मपत्नी नीता भट्टराइलाई सहयोगबाट […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.