केशव भट्टराइको परिवारलाई ३४ लाख सहयोग

खबरखोज सम्वाददाता   ।   २०७७ आश्विन १४, बुधबार २०:३६

तत्कालिन चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्माता केशव भट्टराइको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । भट्टराइको निधन भएपछि उनको परिवारलाई व्यवस्थापन गर्ने उद्देश्यका साथ गठन भएको ‘स्वर्गिय केशव भट्टराई परिवार सहयोग समितीले’ सहयोग रकम आज एक कार्यक्रम गर्दै उनको परिवारलाई हस्तान्तरण गरेको हो ।

भट्टराइकी धर्मपत्नी नीता भट्टराइलाई सहयोगबाट उठेको ३४ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो । समितीले सहयोग रकम संकलनका लागि देश तथा विदेशमा रहेका चलचित्रकर्मीलाई आह्वान गरेको थियो ।

विदेशमा रहेका चलचित्रकर्मीहरु नारायण पुरी, कृष्ण चापागाई, सुमन दाहाल, सुरेश दर्पण पोखरेल, श्याम भट्टराई, गरिमा पन्त, शंकर घिमिरे, अरुणिमा लम्साल, रञ्जना शर्मा, युना उप्रेती, गणेश उप्रेती, मुकेश ढकाल, सुमन गैरै, ऋचा घिमिरे, दिलिप रायमाझी, जल शाह, सारङ्गा श्रेष्ठ, राजवल्लभ कोईराला, भानु प्रताप, जीवन लुईटेल, बाबु बोगटी, गोपाल नेपाल, राजु लामा लगायतका कलाकारहरुले सहयोग पठाएका थिए ।

यस्तै नेपालबाट समितिमा रहेका सदस्यहरु स्वयम र अन्य चलचित्रकर्मीहरुले पनि रकम संकलन गरेका थिए । जसमा राजकुमार राई, छक्का पञ्जा टिम, प्रभु शम्शेर जवरा, ओम अग्रवाल, नरेन्द्र मर्हजन, छविराज ओझा, निकिता पौडेल, विराटनगरका मेयर, चलचित्र पत्रकार संघ हेटौंडा शाखा, चलचित्र ‘आमा’ टिम, आकाश अधिकारी लगायतले सहयोग गरेका थिए छन् ।

निर्माता तथा तत्कालिन विकास बोर्ड अध्यक्ष भट्टराइले चलचित्र क्षेत्रका लागि थुप्रै काम मात्र गरेका छैनन् निर्माताको रुपमा हिट चलचित्र पनि दिएका छन् । चलचित्र विकास बोर्डमा नियुक्ती भएको ६ महिना नवित्दै उनको निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यस्तो छ साढे दुई करोड कोरोना खोप नेपाल ल्याउने सम्झौताको वास्तविकता

२०७७ आश्विन १४, बुधबार २०:३६
१३ असोज, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको साढे २ करोड डोज खोप नेपाल आउने खबरले मंगलबार एकाएक बजार तात्यो । यस्तो खबर आउनुको कारण हो, रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडीआईएफ) ले गरेको घोषणा । आरडीआईएफले भनेको छ, ‘नेपालको औषधि वितरक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सलाई २५ मिलियन अर्थात साढे २ […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.