कोरोना भाइरस संक्रमणका कारण चिकित्सकको मृत्यु

खबरखाेज समाचारदाता   ।   २०७७ आश्विन १५, बिहीबार १९:१०

सुर्खेत । कोरोना भाइरस संक्रमणका कारण नेपालमा पहिलो पटक चिकित्सकको मृत्यु भएको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बाँकेको खजुरा गाउँपालिका- ३ घर भएका ५९ वर्षका चिकित्सकको कोरोना भाइरस संक्रमणका कारण बिहीबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

भदौ २९ गते संक्रमण पुष्टि भएका उनलाई श्वास फेर्न गाह्रो भएपछि नेपालगञ्जको भेरी अस्पतालमा असोज १ गते भर्ना गरिएको थियो ।

प्लाज्मा थेरापी विधिका साथै रेमडेसिभरको समेत प्रयोग गरेर उनको उपचार गरिएको भएपनि बिहीबार एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि बिहान ९ बजे उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार गरिरहेकै समयमा बिहीबार दिउँसो ३ः१० बजे उनको मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. रविन खड्काले जानकारी दिए । उनी कर्णाली प्रदेश अस्पतालका चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन समेत रहेको खड्काले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानवअधिकार संरक्षणका गर्न मानवअधिकार समूहको कार्ययोजना

२०७७ आश्विन १५, बिहीबार १९:१०
रमेश सुनार/कालिकोट । शिक्षा,स्वास्थ्य, खाद्य र आवासको अधिकार संरक्षणका लागि इन्ेसक कालिकोटद्धारा जिल्लाको खाँडाचक्र नगरपालिकामा गठित मानवअधिकार समूहले वार्षीक कार्ययोजना तयार पारी कार्यान्वयन गर्ने भएको छ । मानवअधिकार समूहको अयोजनामा असोज १६ गते आयोजित समस्या पहिचान तथा कार्य योजना निमार्ण सम्वन्धि वैठकले नगरपालिकाको मानवअधिकार संरक्षणका लागि योजना निमार्ण गरेको हो […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.