स्वास्थ्य अधिकार सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

खबरखोज सम्वाददाता   ।   २०७७ आश्विन २१, बुधबार १४:०९

कालिकोट । यस जिल्लाको शुभकालिका गाउँपालिकामा स्वस्थ्य अधिकार सम्वन्धि सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रम असोज २० गते सम्पन्न भएको छ ।
इन्सेकद्धारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही वनाउने कार्यक्रम अन्तरगत स्वास्थ्यको अधिकार सुनिश्चित गर्ने उद्देश्यकासाथ अन्तरक्रिया कार्याक्रमको आयोजना गरिएको हो ।
शुभकालिका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख,स्वास्थ्यकर्मी,मानवअधिकार समूहका प्रतिनिधि लगाएतको सहभागिता रहेको कार्यक्रममा स्वास्थ्य र सरसफाई क्षेत्रमा देखिएका समस्याको विषयमा छलफल भएको थियो ।
कार्यक्रममा शुभकालिका गाउपालिका १ छाति गाउँमा प्रसुति केन्द्र नहुनु,स्वास्थ्य सस्थामा अवश्यक औषधी उपकरण नहुनु,वडा स्वास्थ्य इकाइमा स्टेचर नहुनु लगाएतका समस्याको वारेमा छलफल भयो ।
सहभगिवाट उठेका सवालका बारेमा गाँउपालिका स्वास्थ्य शाखा प्रमुख भिमवहादुर शाहीले स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुको गाउँपालिकाले समाधान गर्नु पर्ने र यसका लागि स्वास्थ्य शाखाले कार्यपालिकामा योजान पेस गर्ने प्रतिवद्धता जनाउनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालमा पहिलाेे दलित महिला जिल्ला न्यायाधीश- मनुकुमारी जीएम वि क

२०७७ आश्विन २१, बुधबार १४:०९
नेपालमा पहिलाेे दलित महिला जिल्ला न्यायाधीश- मनुकुमारी जीएम वि क पढ्नका लागि काठमाडौँ जाँदा मलाई आर्थिक समस्या पर्यो । काठमाडौँ जसोतसो पुगे पनि दलित भनेपछि हामीलाई कोठा पाउन पनि गाह्रो भयो । कोठा नपाएकै कारण घर फर्किन लागेका बेला एक व्यक्ति भाग्यदाता बनेर आइदिनुभयो । उहाँ र अन्य थुप्रै सहयोगीका […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.