कालिकोटको पहिरोमा मृत्यु हुनेको संख्या नौ पुग्यो

रास्कोटमा पाँच जना अझै बेपत्ता

खबरखोज   ।   २०७७ श्रावण १६, शुक्रबार १०:०७

कालिकोट साउन १५ । कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले पुरिएका एकै परिवारका ७ जनासिहत सबै ९ जनाको मृत्यु भएको छ । मंगलबार राति आएको पहिरोले गाउँपालिकाको वडानम्बर ७ र ४ का दुईवटा घर बगाउँदा ९ जना बेपत्ता भएकोमा बुधबार दिउँसो सबैको शव फेला परेको हो ।
वडानम्बर ७ का ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीया श्रीमती नैना, २४ वर्षीया बुहारी कुशा, १८ वर्षीया छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बुढा र साढे एक वर्षका चरित्र बुढाको मृत्यु भएको हो ।
६ जनाको घटनास्थलबाटै शव निकालिएको र छोरी विमलाको उद्धार गरी उपचार गर्ने क्रममा स्वास्थ्य केन्द्र कुमालगाउँमा मृत्य भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख, डीएसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
गंगेको परिवारका ४ जना भने राति नै झ्यालबाट हाम फालेर बाँच्न सफल भएका छन् । डीएसपी ओलियाका अनुसार २५ वर्षीय छोरा पदम, ३७ वर्षीय छोरा जयरुप, उनकी श्रीमती ३० वर्षीय सरिता र छोरा विमल बाँच्न सफल भएका हुन् ।
यस्तै सोही गाउँपालिकाको वडानम्बर ४ मा पहिरोले घर पुरिँदा ६५ वर्षीय बाले बुढा र उनकी श्रीमती ६५ वर्षीया मनाको मृत्यु भएको डीएसपी ओलियाले बताए ।
पहिरोमा परी मृत्यु भएका उनीहरु सबैको सनाखत भएपछि पोस्टमार्टम गरी बुधबार नै शव परिवारलाई बुझाइएको डीएसपी ओलियाले जानकारी दिए ।

रास्कोटमा बेपत्ता भएका ५ जना अझै भेटिएनन्

गत सोमबार राति कालीकोटकै रास्कोट नगरपालिकामा बाढीले बगाएर बेपत्ता भएका पाँचजना अझै भेटिएका छैनन् ।
नगरपालिकाको वडानम्बर १ को बडलतोलामा गंगे खहरे खोलामा आएको बाढीले राजबहादुर शाहीको घर बगाउँदा उनीसहित पाँचजना बेपता भएका थिए ।
बेपत्ता हुनेमा राजबहादुरकी १५ वर्षीया छोरी संगीता शाही, १२ वर्षीया कौशा शाही, ८ वर्षीय छोरा नवीन शाही र १५ वर्षीया साली अस्मिता रहेका छन् ।
सोही वडाको चोक्टेबगरमा पहिरोमा पुरिएर बेपत्ता भएकी एकजना बालिकाको भने शव भेटिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२० लाख नगदसहित ठेकेदार बेपत्ता

२०७७ श्रावण १६, शुक्रबार १०:०७
मुगु, १६ साउन । मुगुको सदरमुकाम गमगढीदेखि मुगु गाउँतर्फ जाँदै गरेका एक जना ठेकेदार बेपता भएका छन् । जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँका अन्दाजी ३० वर्षीया ठेकेदार टासी तामाङ २० लाख रुपैयाँसहित गत १४ गते देखि बेपत्ता हुन् । बैंकबाट २० लाख रकम झिकेर मुगु […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.