अनशनरत डा. केसीसँगको वार्ता सहमतिनजिक, आजै सहमति गर्ने तयारी

खबरखोज सम्वाददाता   ।   २०७७ आश्विन २३, शुक्रबार १३:०९

काठमाडौँ । सरकार र अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता सहमति नजिक पुगेको दुवै पक्षले बताएका छन् । दुवैतर्फका वार्ता टोली सदस्यहरुले केसीका मागका सम्बन्धमा भएका छलफल सकारात्मक भएको भन्दै सम्भवतः आज बेलुकासम्म सहमति गरेर केसीले अनशन तोड्ने वातावरण बन्दै गएको जनाएका हुन् ।

सरकारी टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनालीले बिहीबार भएको वार्ता र छलफलका आधारमा आज पुनः औपचारिक वार्तामा बसेर टुंग्याउने तयारी भइरहेको रातोपाटीलाई जानकारी दिए । ‘छलफल सकारात्मक ढंगले अघि बढिरहेको छ । हामी अहिले पनि अनौपचारिक वार्तामै छौँ । अनौपचारिक वार्ता सकेर औपचारिक वार्तामा बस्छौँ र टुङ्ग्याउने प्रयास जारी छ,’ संयोजक मैनालीको भनाइ छ ।

शुक्रबार दुई चरणमा भएको छलफलमा सहमतिको प्रारम्भिक मस्यौदा समेत तयार गरिएको छ । ६ सुत्रीय माग राखेर विगत २५ दिनदेखि आमरण अनसन बसेका केसीले राखेका मागमध्ये ६ मध्ये लगभग ५ वटा मागमा सहमति जुटिसकेको छ ।

छैठौँ मागका बारेमा शुक्रबारको वार्तामा सहमति जुटाउने प्रयास हुने वार्ता टोलीमा रहेका सदस्यहरुको भनाई छ । केसीका तर्फबाट वार्तामा सहभागी डा. लोचन कार्कीले छलफल सकारात्मक ढंगले अघि बढिरहेको प्रतिक्रिया दिए । वार्तामा सरकारका तर्फबाट सचिव मैनालीको नेतृत्वमा ३ सदस्यीय र केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय टोली सहभागी छ ।

विरोधका कार्यक्रम स्थगित

यसैबीच नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवन रक्षाका लागि भन्दै घोषणा गरेको विरोधका कार्यक्रम स्थगित गरेको छ । संघका महासचिव डा. बद्री रिजालले बिहीबार विज्ञप्ति जारी गर्दै सरकार र डा. केसीका तर्फबाट वार्ता टोली गठन गरी सम्वाद भइरहरेको र सकारात्मक वातावरण तय भएकाले विरोधको कार्यक्रम स्थगित गरिएको जानकारी दिएका हुन् ।

‘कोभिड १९ को महामारीलाई ध्यानमा राख्दै संघबाट घोषणा गरिएको मिति २०७७ आश्विन २३ गतेको आकस्मिक र कोभिड १९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने निर्णय हाललाई स्थगित गरिएको व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ’, संघको विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कहानी ७४ वर्षे वृद्धको जसले श्रीमतीका लागि घरलाई अस्पताल बनाए, कोठालाई आइसीयू र कारलाई एम्बुलेन्स

२०७७ आश्विन २३, शुक्रबार १३:०९
ट्वीटरमा एक ७४ वर्षका व्यक्तिले एउटा फोटो सेयर गरे, यो फोटोमा उनी आफ्नी ७२ वर्षकी श्रीमतीको सेवा गरिरहेको देखिएका थिए । उनले आफ्नी श्रीमतीका लागि घरललाई अस्पतालमा परिवर्तन गरे । जहाँ अक्सिजनको सिलिन्डिरदेखि भेन्टिलेटरसम्म छन् । रोचक कुरा के छ भने यो सबै उनी एक्लैले गरेका हुन् । यी व्यक्ति […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.