परराष्ट्र सचिवमा भरतराज पौड्याल नियुक्त

खबरखोज सम्वाददाता   ।   २०७७ आश्विन २३, शुक्रबार १३:२९

काठमाडौँ — सरकारले भरतराज पौड्याललाई परराष्ट्र सचिवमा नियुक्त गरेको छ । पौड्याल परराष्ट्र मन्त्रालयमा निवर्तमान सचिव शंकरदास वैरागीपछि वरिष्ठ सहसचिवको रुपमा कार्यरत थिए ।

वैरागीलाई सरकारले मुख्य–सचिवमा नियुक्त गरेपछि रिक्त रहेको सचिव पदमा पौड्याललाई नियुक्त गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । वरिष्ठतालाई नै कायम राखेर पौड्याललाई जिम्मेवारी दिइएको हो । यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको रुपमा भूमिका निर्वाह गरिसकेका पौड्याल परराष्ट्र मन्त्रालयमा लामो समयदेखि विभिन्न महाशाखा र नियोगहरुमा काम गरिसकेका छन् ।

यसअघि तीन जनाको नाम सचिवको रुपमा अगाडि आए पनि सरकारले वरिष्ठतालाई नै आधार मानेर पौड्याललाई सचिव नियुक्त गरेको हो । भर्खरै पाकिस्तानका लागि नेपालको राजदूतको जिम्मेवारी सम्हालेर आएकी सहसचिव सेवा लम्साल र सहसचिव कालीप्रसाद पोखरेल सचिवका दाबेदारका रुपमा थिए ।

यसअघि पौड्यालले प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘नसर्ने रोगको प्रभावकारी उपचारमा ध्यान दिए नेपालमा कोरोनाको मृत्युदर घट्छ’

२०७७ आश्विन २३, शुक्रबार १३:२९
२३ असोज, काठमाडौं । कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेसँगै सरकार आत्तिएजस्तो देखिएको छ । स्वास्थ्य मन्त्रालयले बेहोस हुनै आँटे मात्र अस्पताल आउनू भनेर भनिसक्यो । हुन पनि कोभिड- १९ का कारण देशको स्वास्थ्य प्रणाली नै छियाछिया भइसकेको छ । काठमाडौँका अस्पतालमा आईसीयू शय्याको चरम अभाव छ । कोभिड-१९ बाट मृत्यु हुनेको […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.