कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपामा अविश्वासको प्रस्ताव

खबरखोज सम्वाददाता   ।   २०७७ आश्विन २५, आईतवार १९:४३

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

शाहीलाई स‌ंसदीय दलको नेताबाट हटाउन माग गर्दै आइतबार १८ जनाको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका हुन् ।

अविश्वासको प्रस्तावमा प्रदेशसभा सदस्यहरु यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलगायत रहेका छन् ।

नेकपा सं‌सदीय दलको नेतामा शाही निर्वाचित भएपछि पार्टीको प्रभावकारितामा ह्रास आएको, पार्टी र सरकारको कामकारबाही फितलो भएको सांसदहरुको आरोप छ ।

कर्णाली प्रदेशसभामा रहेका ४० सदस्यमध्ये नेकपाका ३३ सदस्य छन् । संविधानको धारा १८८ अनुसार मुख्यमन्त्रीविरुद्ध प्रदेशसभामा एक चौथाइ सदस्यले अविश्वासको प्रस्ताव दर्ता गराउन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीका मुख्यमन्त्रीको पक्षमा बृहत प्रदर्शन

२०७७ आश्विन २५, आईतवार १९:४३
खगेन्द्र मल्ल /सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा कर्णली प्रदेशका जिल्लाहरुमा प्रदर्शनका कार्यक्रम संचालन भएका छन । आइतबार कर्णाली प्रदेश संसदिय दलका नेता महेन्द्र बहादुर शाहीविरुद्ध नेकपाकै प्रदेसभा १८ जना सदस्यहले अविश्वासको प्रस्ताव दर्ता गराएपछि सुर्खेत, कालिकोट लगाएतका जिल्लामा युवाहरुले मुख्यमन्त्रीलाई काम गर्न देउ भन्दै शाहीको पक्षमा प्रर्दशन […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.