कर्णालीका मुख्यमन्त्रीको पक्षमा बृहत प्रदर्शन

खगेन्द्र मल्ल   ।   २०७७ आश्विन २६, सोमबार १७:४२

खगेन्द्र मल्ल /सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा कर्णली प्रदेशका जिल्लाहरुमा प्रदर्शनका कार्यक्रम संचालन भएका छन ।
आइतबार कर्णाली प्रदेश संसदिय दलका नेता महेन्द्र बहादुर शाहीविरुद्ध नेकपाकै प्रदेसभा १८ जना सदस्यहले अविश्वासको प्रस्ताव दर्ता गराएपछि सुर्खेत, कालिकोट लगाएतका जिल्लामा युवाहरुले मुख्यमन्त्रीलाई काम गर्न देउ भन्दै शाहीको पक्षमा प्रर्दशन गरेका हुन् ।

सुर्खेतको विरेन्द्रनगर,कालिकोटको रास्कोट,खाँडाचक्र नगरपालिकामा मुख्यमन्त्रीको समर्थनमा प्रर्दशन गरिएको छ ।
कर्णाली वासिको चाहाना स्थिर सरकार विकास र सम्वृद्धिको कामना भन्दैे प्रर्दशन गरेका छन् ।

ज’ल’समा सहभागिहरुले पार्टी एकता कायम गर, केन्द्रको निर्देशन पालना गर, अविश्वासको प्रस्ताव फिर्तलेउ जस्ता नारा लगाएका थिए ।

अहिलेको अवस्थामा कुनैपनि तहको सरकार परिवर्तन गर्ने खेलोमा लाग्नु पार्टी र जनहित विपरत कार्य भएको मुख्यमन्त्रीका प्रमुख स्वाकीय सचिव खेमबहादुर सिंहले बताउनु भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या ६४५ पुग्यो

२०७७ आश्विन २६, सोमबार १७:४२
काठमाडौं/ नेपालमा आज थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज सुनसरीका ३७, ८९ र ९० वर्षीय तीन पुरुष, काठमाडौँकी ७१ वर्षीय एक महिला र ६३ र ६७ वर्षीय दुई पुरुष, ललितपुरका ५० […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.