नरहरिनाथ गाउँपालिकामा बृहत खानेपानी योजना सम्पन्न

खबरखोज सम्वाददाता   ।   २०७७ कार्तिक २, आईतवार १४:१२

कालिकोटको /लालुमा कर्णाली प्रदेशकै ठूलो सामुदायिक रानीरहडा खानेपानी आयोजना सञ्चालनमा आएको छ । ‘एक घर एक खानेपानी धारा’अन्तर्गत तीन सय ८२ घरमा खानेपानीको पहुँच पुगेको हो ।

हेल्भेटास नेपालको आर्थिक सहयोग र स्थानीय साझेदार संस्था हुरुन्डेक नेपालको प्राविधिक सहयोगमा दुई करोड ५५ लाख १२ हजार सात सय ९७ रुपैयाँ लागतमा खानेपानी आयोजना सम्पन्न भएको छ ।

जसमा हेल्भेटासको एक करोड, नरहरिनाथ गाउँपालिकाको एक करोड लगानी र बाँकी स्थानीयको श्रमदानमा खानेपानी आयोजना सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताए । ‘तीन सय ८२ घरधुरीमा खानेपानीको समस्या समाधान भएको छ,’ उनले भने, ‘पुस्तौँदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयवासीकाे समस्या समाधान भएको छ ।’

डोकोमा बोकेर १ घन्टाको पैदल यात्रा गरी खानेपानीको जोहो गर्नुपर्ने स्थानीयको बाध्यता पनि सदाका लागि अन्त्य भएको गाउँपालिकाका अध्यक्ष विष्टले बताए । ‘तत्काल तीन सय ८२ धारा सञ्चालनमा आइसकेको र बाँकी दुई सय ५० घरधुरीमा धाराहरू जडान गर्न सर्वेक्षण भइरहेको छ,’ उनले भने, ‘बाँकी घरधुरीमा चाँडै नै खानेपानीको पहुँच विस्तार गरिनेछ।’

कर्णाली प्रदेशकै सबैभन्दा ठूलो सामुदायिक खानेपानी आयोजना भएको साझेदार संस्था हुरुन्डेक नेपालका अध्यक्ष जजराज शाही बताए । खानेपानी आयोजना सञ्चालनमा आएसँगै नरहरिनाथ गाउँपालिका–९ का भाटगाउँ, गानेचौर, खाटेपडा, श्रीकोट र कोटबाडालगायतका बस्तीहरू प्रत्यक्ष लाभान्वित भएका छन् ।

आजको नयाँ पत्रीका अनलाइनमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अनेरास्ववियु कालिकोटद्धारा शुभकामना आदान–प्रदान

२०७७ कार्तिक २, आईतवार १४:१२
कालिकोट । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्वावियु कालिकोटको आयोजनामा मंगलबार शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ । बिजया दशैं तथा तहिरको उपलक्षमा अनेरास्वायू कालिकोटले जिल्ला सदरमुकाम मान्ममा शुभकामना आदान प्रदान कार्यक्रम राखेको हो । नेकपा ककालिकोटका अध्यक्ष धनजित शाहीको प्रमुख आतिथ्यता र प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावतको विशेष आतिथ्यतामा […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.