कृषिमन्त्रीका प्रमुख स्वकीय सचिव नै नेकपा एमालेमा प्रवेश

कर्णाली प्रदेश सरकारका पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीका स्वकीय सचिव नै एमालेमा

मानबहादुर बिश्वकर्मा   ।   २०७८ पुष ६, मंगलवार १७:४५

६ पुस, कालिकोट । कर्णाली प्रदेश सरकारका पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीका प्रमुख स्वकीय सचिव प्रेमबहादुर बुढा नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेमा प्रवेश गरेका छन्।

नेकपा एकीकृत समाजवादी पार्टी कालिकोटका सचिवालय सदस्य समेत रहेका बुढाले एकीकृत समाजवादी पार्टी पार्टीको हित बिपरित र विधि पद्धति भन्दा बाहिर रहेको भन्दै मंगलबार नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेमा प्रवेश गरेका छन्।

मंगलबार नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज यमलाल कँडेलले नेता बुढालाई नेकपा एमालेमा स्वागत गरेका हुन्।

लामो समय देखि राजनीति क्षेत्रमा होमिएका बुढा अनेरास्ववियुको केन्द्रीय सदस्यमा निर्वाचित भई पार्टी विभाजन पछि माधवकुमार नेपालले नेतृत्व गरिरहेको पार्टीमा लागेका थिए।

नेकपा एकीकृत समाजवादीका नेता प्रेमबहादुर बुढा नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेमा प्रवेश गरेपछि नेकपा एकीकृत समाजवादी पार्टी कालिकोटलाई भने ठुलो धक्का पुगेको छ।

कालिकोटको सान्नित्रिवेणि गाउँपालिका वडा नं. २ का लोकप्रिय नेता बुढा एकीकृत समाजवादी पार्टीलाई मजबुत र बलियो बनाउन निरन्तर लागि परेका थिए।

एकीकृत समाजवादी पार्टीमा शिर्ष नेताका रुपमा चिनिने बुढा एमालेमा प्रवेश गरेपछि एमालेमा रोैनक छाएको छ। पार्टीको हित बिपरित र बिधि पद्धति भन्दा नेकपा एकीकृत समाजवादी पार्टी बाहिर रहेपछि आफू एमालेमा प्रवेश गरेको नेता बुढाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रेस चोैचारी कालिकोटद्वारा केन्द्रीय सदस्य शाहीलाई स्वागत

२०७८ पुष ६, मंगलवार १७:४५
७ पुस, कालिकोट । नेकपा एमालेको हालै सम्पन्न दशौं महाधिवेशनवाट निर्वाचित केन्द्रीय सदस्य नगिन्द्र शाही नेशनललाई प्रेस चौतारी नेपाल कालिकोटले आज स्वागत तथा पत्रकार भेटघाट कार्यक्रम गरेकोे छ। राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय सदस्य तथा पार्टी जिल्ला इन्चार्ज शाहीलाई प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज कालीबहादुर मल्लले जिल्ला सदरमुकाम मान्ममा […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.