कालीकोटमा होलीको रौनक (फोटो फिचर)

मानबहादुर बिश्वकर्मा   ।   २०७८ चैत्र ३, बिहीबार १९:३०

३ चैत, कालीकोट । कोरोना महामारीका कारण विगत दुई वर्षसम्म होली पर्व मनाउन नपाएका आम नागरिकले यस वर्ष भने उत्साहपूर्वक होली मनाएका छन्। कालीकोट सदरमुकाम मान्म बजार स्थिति जिल्ला समन्वय समिति कालीकोटको खुल्ला मञ्च भने होली खेल्ने जात्राको बाक्लो सहभागीता रहेको थियो।

नेपाल विद्यार्थी संघ कालीकोटको आयोजना र दिलिप मेमोरियल फाउन्डेसन र कालिकोट युथ क्लबको सहआयोजनामा एकअर्कालाई विभिन्न रङ लगाएर आत्मियता साटासाट गरी पर्व मनाएका छन्। सदरमुकाम बासिले मात्रै होइन आमबजार बासिले विभिन्न स्थानमा यसैगरी मानिसको सामूहिक सहभागितामा उत्साहपूर्वक पर्व मनाएका हुन्।

दुर्घटनारहित बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कालीकोटले सुरक्षा व्यवस्था कडा पारेसँगै मर्यादितरुपमा यस वर्षको होलि पर्व मनाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ।

विगतका वर्षमा युवाहरुले बजार क्षेत्रमा रङको खेल खेल्दै होली मनाए पनि यस वर्षको होली विशेष तयारीका साथ मनाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पूर्व मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव लगायत चार सय जना एमालेमा प्रवेश गर्दै

२०७८ चैत्र ३, बिहीबार १९:३०
चैत्र,१४ कालिकाेट माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य एव कर्णाली विकास आयोगका सदस्य समेत रहेका आचार्य एमाले प्रवेश गर्ने भएका हुन् । उनी यही चैत १७ गते कालिकोटमा आयोजना कार्यक्रममा उनी एमाले प्रवेश गर्ने भएका हुन् । सो कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली समेतको सहभागिता रहने एमाले केन्द्रीय सदस्य […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.