पेस नेपाल जुम्लाकाे कर्मचारी आवश्यकता सम्वन्धि सूचना

प्रतिभा ऐडि   ।   २०७८ पुष ९, शुक्रबार १५:०३

सूचना प्रकाशित मिति २०७८।०९।०८
पेस नेपाल जुम्ला कर्णाली प्रदेशको एक प्रतिष्ठित गैर सरकारी संस्था हो । जसले २०६६ साल देखि विपत जोखिम न्यूनिकरण, जलबायु परिबर्तन अनुकुलन, खानेपानी सरसफाई स्वच्छता, शिक्षा, स्वास्थ्य, महिला बालबालिका, कृषिलगायतका क्षेत्रमा  विशेष योगदान गर्दै आईरहेको छ । आगामी समयमा संचालन हुने परियोजनाका लागि तपशिलका पदहरुमा जुम्ला, सुर्खेत, दैलेख, मुगु र कालिकोट जिल्लामा कार्यक्षेत्र भई कार्यक्रम सञ्चालन गर्न दक्ष, प्रतिबद्ध र अनुभबि ब्यक्तिहरुबाट दरखास्त आव्हान गरिन्छ । तपशिलका पदहरुमा ६ महिना समयावधि रहने छ र संबन्धित  गाउँपालिका, नगरपालिका र परियोजनाको आधारमा कार्य अवधि  बिस्तार हुन सक्ने छ । उक्त पदहरुमा ईच्छुक ब्यक्तिहरुका लागि योजना,  व्यवस्थापन कार्यान्वयन, सामाजिक परिचालन, अनुगमन तथा प्रतिबेदन लेखन लगायतका क्षेत्रमा निर्दिष्ट योग्यता बमोजिमका मापदन्डहरु पुरा गरेको हुनुपर्ने छ ।
बिज्ञापन गरिएका पदहरु ः
१ परियोजना संयोजक— १ जना
२ बित्त अधिकृत — १ जना
३ कृषि अधिकृत — १ जना
४ बन अधिकृत — १ जना
५ सिभिल ईन्जिनियर — १ जना
६ लधुउद्यम बिकास अधिकृत —१ जना
७ मिल अधिकृत — १ जना
८ ओभरसियर केहि जना
९ लजिस्टिक अधिकृत — १ जना
१० रेन्जर — १ जना
११ कृषि तथा पशु प्राबिधिक (केहि जना)
१२ सामाजिक परिचालकहरु (केहि जना )
१३ स्वयंसेबकहरु — ३५ जना
दरखास्त प्रकृया
ईच्छुक ब्यक्तिहरुले संबन्धित पदहरुको बिस्तृत बिवरणको लागि jobpacenepal@gmail.com मा निबेदन, अध्याबधिक ब्यक्तिगत बिरण (बायोडाटा), दुई जना सन्दर्भ ब्यक्तिको बिस्तृत बिबरण सहित पदपुर्ति समितिमा पेश गर्न अनुरोध गरिन्छ । सुचना प्रकासित भएको मितिदेखि ७ दिनभित्र (३० डसेम्बर २०२१) तारेखसम्म दरखास्त पेश गरिसक्नु पर्ने छ । बिस्तृत जानकारीको लागि www.pacenepal.world अथवा पेस नेपाल जुम्लामा सम्पर्क गर्न सक्नु हुने छ ।
प्रारम्भिक छनौटमा परेका उम्मेद्धारहरुलाई मात्र अन्य छनौट प्रक्रियाको लागि सम्पर्क गरिने छ । दक्ष, महिला, सिमानतकृत समुदायका उम्मेद्धारहरुलाई प्राथमिकतामा राखिने छ । अन्तिम निर्णय गर्ने अधिकार पेस नेपालमा रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटमा प्रभावकारी बन्दै शुलभ परियोजना

२०७८ पुष ९, शुक्रबार १५:०३
कालिकाेट। जिल्लामा शुलभ परियोजना प्रभावकारी बन्दै गएको पाईएको छ । टिडिएच बिएम जेड जर्मनको आर्थिक सहयोग मानवअधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटको सहजिकरणमा संचालित शुलभ परियोजना अन्र्तगत शुभकालिका गाउँपालिका वडा नं ३ ,५ र ६ नं वडाका बिभिन्न योजना तथा गठित कृषि समुह,सहकारी हरुको उदाहरणीय कामले जनताको मन […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.