मानव अधिकार सम्वन्धि दुइदिने तालिम सम्पन्न

खबरखाेज समाचारदाता   ।   २०७९ असार ३१, शुक्रबार १२:०५

कालिकोट असार ३१। मानव अधिकारका आधारभूत अवधाणा सम्वन्धि दुइदिने तालिम शुक्रबार जिल्ला सदरमुकाम मान्ममा सम्पपन्न भएकाे छ ।
मानव अधिकारमा आधारित दृष्टिकोण,कानूनी साशन,प्रभावकारी नीति,मानव अधिकारको अवधारणका विषयमा नागरिक कार्य समुहका पदाधिकारीहरुको क्षमता विकास गर्ने उद्देश्यकासाथ तालिमको आयोजना गरिएको हो ।


युरोपीयन युनियनको आर्थिक सहयोग,प्लान इन्टरनेष्नल नेपाल तथा दलित महिला संघ, फेडो नेपालद्धारा सञ्चालित हाम्रो आवाज,हाम्रो राेेेेजाइ परियोजना अन्तरगत तालिमको आयोजना गरिएको जिल्ला परियोजना संयोजक रमेश नेपालीले खबरखोजलाई जानकारी गराउनु भयो ।
फेडो नेपालका जिल्ला अध्यक्ष हजा सुनारको अध्यक्षतामा उदघाटन गरिएको तालिमा फेडो नेपालका केन्द्रीय पैरवी संयोजक सावित्री विश्वकर्माले तालिम पछि नागरिक कार्य समुहका पदाधिकारीहरु सामुदायका आधारभुत अधिकारका वारेमावकालत गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
दुइदिने तालिममा वरिस्ठ पत्रकार कालीबहादुर मल्ल र अधिवक्ता दमनराज बमले मानव अधिकारको अवधारणा र विकास,मानवअधिकारका सवाल पहिचान,सैद्धान्तीक पक्ष,महिला दलितका अधिकार,मानवअधिकारका सूचक,नागरकि राजनीति,आर्थिक,सामाजिक र सस्कृतिक अधिकारवारेमा सहजिकरण गर्नु भएको थियो ।
काक्रममा सहभागि नागरिक कार्य समहका पदाधिकारीहरुले समाजमा अहिले पनि दलित तथा महिलामा माथी हुने भेदभाव कायमै रहेको हुनाले यसको अन्त्यका लागि नागरिकको चेतनास्तर उकास्नु पर्ने वताउनु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटमा हाइस दुर्घटना हुदा एकजनाको मृत्यु,१० घाइते

२०७९ असार ३१, शुक्रबार १२:०५
गणेश सिंह /कालिकोट । कर्णाली राजमार्ग अन्तर्रगत खाँडाचक्र नपा–६ स्थित सिम्लेगाड खोला नजिकै हाइस दुर्घटना हुदा पचालझरना गाउँपालिका–५ का ३० वर्षीय तुफान बमको मृत्यु भएको छ । जिल्ला सदरमुकाम मान्मबाट तिलागुफा नाग्म बजार जादै गरेको कर्णाली प्रदेश ०२००१ ख०२१० नम्वरको हाइस सडकको पेटिमा पल्टीएपछि गाडिभित्र च्याप्पिएर सह–चालक बमको मृत्यु हुनुका […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.