प्रदेशसभामा चुनाव लड्दै जनप्रिय नेता बम

खबरखाेज समाचारदाता   ।   २०७९ श्रावण २०, शुक्रबार १४:१५

कालिकोट/ पलाँता गाउँपालिका पूर्व अध्यक्ष लक्ष्मण बहादुर बम (पलाँती कान्छा) कालिकोट प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लड्ने घाेषणा गरेका छन् ।

माओवादी केन्द्रमा लामो समय काम गरेर पहिलो स्थानीय तहको चुनावको बेला नेकपा (माओवादी केन्द्र ) बाट पलाँता गाउँपालिका अध्यक्षमा निर्वाचित भएका बम आफ्नो कार्यकाल पुरा गरी अहिले स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लड्न लागेको बताए ।

२०७९ को दोस्रो स्थानीय चुनावको बेला पार्टी भित्र विवाद हुदा बमले आफु स्वतन्त्र रहेको घोषणा गरेका थिए । आउने मंसिर ४ गतेको प्रदेशसभाको चुनावमा भने उनि कसको समर्थनमा चुनाव लड्न लागिरहेका छन् भन्ने उनले अहिले केहि पनि खुलाउन चाहेनन् ।

स्थानीय सरकार गठनको पहिलो कार्याकालमा बमले निर्माण कार्यदल बनाएर देशभरी नै चर्चा पाएका थिए आउने निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा आफु चुनावमा जाने र कालिकोटको युवा पिडिले आफुलाई जिताउनेमा आफु विश्वस्त रहेको समेत उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिल्ला सदरमुकाममा खानेपानीको चरम अभाव

२०७९ श्रावण २०, शुक्रबार १४:१५
कालिकोट । जिल्ला सदरमुकाम मान्ममा खानेपानीको चरम अभाव भएको छ । खानेपानीको मुहानमा पहिरो गएपछि बजारमा खानेपानीको चरम अभाव भएको हो । कालिकोटको सदरमुकाम मान्ममा दुइहप्तादेखि खानेपानीको अभाव भएपछि आज खाँडाचक्र नगरपालिका १ का अध्यक्ष धर्मराज तम्राकार,पलाता गाउँपालिका पूर्व अध्यक्ष लक्ष्मण बम,प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कालीबहदुर मल्ल,पत्रकार महासंघका सचिव […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.