जिल्ला सदरमुकाममा खानेपानीको चरम अभाव

खबरखाेज समाचारदाता   ।   २०७९ श्रावण २२, आईतवार १९:१४

कालिकोट । जिल्ला सदरमुकाम मान्ममा खानेपानीको चरम अभाव भएको छ । खानेपानीको मुहानमा पहिरो गएपछि बजारमा खानेपानीको चरम अभाव भएको हो । कालिकोटको सदरमुकाम मान्ममा दुइहप्तादेखि खानेपानीको अभाव भएपछि आज खाँडाचक्र नगरपालिका १ का अध्यक्ष धर्मराज तम्राकार,पलाता गाउँपालिका पूर्व अध्यक्ष लक्ष्मण बम,प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कालीबहदुर मल्ल,पत्रकार महासंघका सचिव खडानन्द अधिकारी,सहचिव रमेश बोगटी,सदस्य लिलाराज संज्याल लगाएतका पत्रकारहरु पहिरो आएको स्थानमा पुगेर अनुगमन गरेका छन् ।
एक महिना पहिरोका कारण खानेपानीको पाइपमा क्षति पुगेपनि सारोकारवालाको ध्यान नजादा खानेपानीको अभाव भइ टाढाबाट बोकेर खानेपानीको जोहो गर्नु परेको नमुना होटेलका सञ्चालक सिता देवकोटले बताउनु भयो ।
‘सदरमुकाममा नै खानेपानीको चरम अभाव देखिएको छ ।’–उहँले भन्नु भयो–‘खानेपानी उपभोक्ता समिति र खानेपानी कार्यालयको लापरवाहीका कारणले हामीले खानेपानी पाएनौँ ।’
‘खानेपानी उपभोक्ता समितिले केवल पैसा मात्र उठाउने गरेको छ ।’–उहाँल थप्नुभयो–‘खानेपानी पिउनबाट यहाँमा नागरिक बन्चित भएका छन् ।’
खानेपानी समस्या विषयमा खानेपानी कार्यालय र उपभोक्ता समितिलाई वडा कार्यालयले पत्र पठाएर खानेपानीको समस्या हल गर्न पटक पटक अनुरोध गरेपनि समस्या यावतरहेको खाडाचक्र नपा–१ का अध्यक्ष धर्मराज ताम्राकारले वताउनु भयो ।
खानेपानीको समस्या हल गर्न सम्बन्धित निकायलाई पत्र पठाएको र पत्रकारसहितको टेलि आइतबार पहिरोगएको स्थानसम्म पुगेर फर्केकाले कारण खानेपानीको समस्या चाँडै हल हुने विश्वास वडाध्यक्ष ताम्राकारले दिलाउनु भयो ।
सदरमुकामको खानेपानीका लागि संघिय सरकारको करोडौको योजना भएपनि समस्या यथावत हुनु दुखद रहेको खानेपानी उर्जा तथा सिचाइ विकास कार्यालय कालिकोटका प्रमुख मंगल शाहीले वताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सान्नित्रिवेणीकी उपाध्यक्ष सिहंकाे उदाहरणीय काम, बडिमालिका भक्तजनलाई निशुल्क स्वास्थ्य सेवा

२०७९ श्रावण २२, आईतवार १९:१४
कालिकाेट । सान्रित्रिवेणी गाउँपालिका उपाध्यक्ष पार्वती सिंह सञ्ज्यालले बडिमालिकामा कालिकाेट जिल्लाबाट जाने श्रदालु भक्तजनहरुका लागि निशुल्क स्वास्थ्य सिविर सञ्चालन गरेकी छन । जिल्लाका विभिन्न भेक क्षेत्रबाट बडिमालिका माइकाे दर्शन गर्न जान लागेका भक्तजनका लागि स्वास्थ्यकर्मी,अाैषधीकाे ब्यवस्था मिलाइएकाे उपाध्यक्ष सिंहले बताउनु भएकाे छ । स्वास्थ्य सिविरले लेक लागेर बिरामी हुनसक्ने,रुगा खाेकी […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.