जातीय विभेद गर्नेलाई कार्वाहीको माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र पेस

खबरखाेज समाचारदाता   ।   २०७९ माघ ४, बुधबार १७:४७
कालिकोट माघ ४ ।  रास्कोट नगरपालिका –१ हिप्कोटका ३० बर्षीय अशोक  शाही र उनकी  पत्नी २९ वर्षिया साविना शाहीले अधिकारकर्मी विर तिरुवालाई सार्वजनिक ठाउँमा जातिय विभेद गरेको भन्दै आज जिल्ला स्थित दलित अधिकारकर्मी,मानव अधिकारकर्मीले प्रमुख जिल्ला अधिकारी रामहरी शार्मालाई ज्ञापन पत्र वुझाएका छन् ।
माघ ३ गते जिल्ला अदालतवाट मान्म वजार तिर फर्किने क्रममा प्रहरी हिरासतमा रहेका शाही परिवार म्याद थपको लागि सरकारी वकिल कार्यालय पुगेको समयमा पीडित तिरुवासँग जम्का भेट भएपछि जातीय विभेदि हुने शब्द प्रयोग गरि गालि गलोज गरेकाले अधिकारकर्मीले आपत्ती जनाउदै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन ।
आरोपित अशोक शाही,उनकी पत्नी,सावीना कुमारी शाही र साली सान्नित्रिवेणी गाउँपालिका–४ की पशुविना शाहीले अधिकारकर्मी तिरुवालाई भदौ १ गते देखी सामाजिक संजाल फेसवुक लगायत प्रत्यक्ष भेट गरी मसिंर १ गते सांगातिक आक्रमण गर्नुका साथै जातिय विभेदीत शव्दहरु प्रयोग गरी गालि वेइजति गरी मार्ने समेत धम्कि दिएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।पीडितको उजुरी पछि मुद्धा प्रक्रियामा रहेको वेला पुनः यस्तो विभेद गरी पीडितलाई  थप पीडा दिएको भन्दै आरोपीतलाई कार्वाहीको माग राख्दै अधिकारकर्मीले प्रमुख जिल्ला अधिकारीको ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएका हुन ।
दलित गैर सरकारी सस्था महासंघ,रमेश नेपाली, दलित सेवा संघ, दान वहादुर विक, दलित अधिकारकमी निलो तिरुवा,दनेश चदारा,बसन्त विक,मानव अधिकार पत्रकार एवम नागरिक कार्य समुह कालिकोटका संयोजक कालीबहादुर मल्लले ज्ञापन पत्रमा हस्ताक्षर गर्नु भएको ज्ञापन पत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी शर्माले मुद्धा प्रक्रिया चलिरहेको समयमा यस्तो घटना घटाउनु पीडितको लागि थप पमाण भएको बताउनु भयो ।

ज्ञापनपत्रमा पीडित तिरुवालाई १० वर्ष वरु जेलमै वस्नु परे पनि मारेरै छाड्ने सम्मको अभिव्यक्ती न्याय निरुपण गर्ने पवित्र क्षेत्रमा दिएको हुदाँ सिंगो पैसठ्ठी लाख दलित समुदायको ध्यान आकर्षण भएको छ भनिएको छ ।

यस्तै २१ औ शताव्दीमा पनि जातिय विभेद जस्तो जघन्य अपराध गरी प्रहरीको निगरानिमा रही अनुसन्धना भइरहेको अवस्थामा पनि दलित समुदाय प्रति यस्तो खालको अभिव्यक्ति र ज्यान मार्ने जस्तो धम्की समेत दिएको हुँदा पीडकहरुलाई नेपालको संविधानका धारा २४ र जातिय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ संसोसिध ऐन २०७५ मा भएको व्यावस्था अनुरुप हदै सम्मको कानुनि कार्वाही गरीदिनहुन अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पशु सेवामा नयाँ सिफारिस भइ आएका कर्मचारीहरुलाई स्वागत

२०७९ माघ ४, बुधबार १७:४७
खबरखाेज/कालिकाेट । लाेक लाेक सेवा आयाेगबाट पशु सेवा क्षेत्रमा स्थायी पदमा सिफारिस भइ कालिकाेट जिल्लामा आउनु भएकाे कर्मचारिहरुलाई शुक्रबार पशुु अस्पताल तथा पशु सेवा कार्यालय कालिकाेटले सम्मान गरेकाे छ । कार्यालय प्रमुख लक्ष्मिप्रसाद अधिकारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कर्मचारीहरु यामकुराी पाैडेल,समीक्षा बुढा,गाेविन्द शाही,रेसम कुमार चाैघरी र गाेविन्द शाहीलाई खादा तथा अविरले […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.