सामाजिक परिक्षण तथा जिल्ला स्तरिय सल्लाहकार समितिकाे बैठक सम्पन्न

प्रतिभा ऐडि   ।   २०७८ पुष १, बिहीबार ११:२७

कालिकाेट । सुशसानमा नगरिक सहभागिता भन्ने मुल नाराकासाथ समाजिक परिक्षण तथा जिल्ला स्तरिय सल्लाहकार समितिकाे वैठक बिहीबार जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएकाे छ ।

सहकर्मी समाज कालिकाेटकाे आयाेजनामा सञ्चालित बैठक खाँडाचक्र नगरपािलका प्रमुख जसीप्रसाद पाण्डेकाे अध्यक्षतामा सुरु भएकाे हाे ।

कार्यक्रममा सहकर्मी समाजका जिल्ला संयाेजक चेतराज भट्टले कार्ययक्रमका बारेमा जानकारी गराउनु भएकाे छ । यस्तै बैठकमा विभिन्न कार्यालय प्रमुख,पत्रकार ,मानव अधिकारकर्मी,महिला सहकारी लगएतकाे सहभागिता रहेकाे छद।

सहकर्मी समाजकाे सहयाेगमा गठित सुशासन युवा सञ्जाल,महिला,बाल क्लवहरुले हासिल गरेका उपलब्धिहरुकाे बारेमा खाँडाचक्र सुशासन युवा सञ्जालका अध्यक्ष धनबहादुर शाहीले जानकारी गराउनु भएकाे थियाे । परियाेजनाले खाडाचक्र,सान्नित्रिवेणी र नरहरिनाथमा सञ्चालन भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काँग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

२०७८ पुष १, बिहीबार ११:२७
प्रतिभा ऐडि,काठमाडौं । काँग्रेसको दुई जना महामन्त्री पदका लागि भएको निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । निर्वाचन समितिका अनुसार थापाले ३,०२३ र विश्वप्रकाश शर्माले १,९८४ मत पाएर निर्वाचित भएका हुन् । महामन्त्री पदका अरु उम्मेदवारमा डा. प्रकाशशरण महतले १,५५०, प्रदीप पौडेलले १,४०९, डा. मिनेन्द्र रिजालले ८०९ […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.