बालिका हत्या घटनाका आरोपित १८ महिना पछि पक्राउ

खबरखाेज समाचारदाता   ।   २०७९ फाल्गुन ९, मंगलवार १४:५८

कालिकोट फागुन ९ । खाँडाचक्र नगरपालिका–६ दाँहाकी १६ वर्षीया निरू विकको हत्या घटनाका आरोपी १८ महिना पछि सोमबार खाँडाचक्र नपा–६ का ४७ वर्षीय अने नेपाली र ३० वर्षीया कमला विकलाई प्रहरीले पक्राउ गरेको छ ।
०७८ भदौ ४ गतेबाट हराएकी बालिका विकको आधा शरीर बाँकी रहेको शव ०७८ भदौ ७ गते फेला परेपछि पीडित पक्षले भदौ ९ गते बलात्कारपछि हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।


केहि प्रमाण नष्ट भएको स्थानीयको सहयोग नपाएर अनुसन्धान कार्य ढिलो भएका काराण आरोपितहरूलाई १८ महिना पछि घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी जयश्वर रिमालेले नेपाल समाचारपत्रसँग बताउनु भयो ।
ढिलै भएपनि आरोपितहरूलाई प्रहरीले गिरफ्तार गरेको हुनाले न्याय पाउने आशा जागेको मृतक निरुका पिता रत्न कामीले बताउनु भयो ।
‘छोरीको शरीरको तल्लो भाग काटेर फालिएकोले बलात्कारपछि हत्या गरिएको दावी गरेका थियौं तर आरोपितलाई गिरफ्तार गर्न १८ महिना कुर्नु परेकोमा दुखी भएको भएपनि न्याय पाउने आशामा रहने छौ ।’–निरुका बुबा कामीले थप्नु भयो ।
उजुरीमा कसले र किन यस्तो घटना ग¥यो भन्ने उल्लेख गरिएको किटानी आउन नसकेकाले पनि अनुसन्धानमा समस्या आएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर सुबराज बमको भनाई रहेको छ ।
घटनाको केहि दिन पछि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट आएको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वर्ग र वर्ग संघर्ष

२०७९ फाल्गुन ९, मंगलवार १४:५८
कम्युनिष्ट घोषणा पत्रको ‘मानव समाजको आजसम्मको लिखित इतिहास वर्गसंघर्षको इतिहास हो’ भन्ने वाक्यांशले सामाजिक इतिहासको सार प्रस्तुत गरेको छ। तर, यस ‘वर्गसंघर्ष’ शब्दलाई बुझ्ने कसरी ? वर्गसंघर्षलाई सडकको भिडन्त वा आमनेसामनेको खुला भिडन्त वा छापामार युद्धको रूपमा मात्र बुझ्नु गलत हो। यी वर्गसंघर्षका केही दृश्य रूप मात्र हुन्। वर्गसंघर्ष दुई […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.