बालविवाह अन्त्यको लागि रणनीति याेजना निर्माण कार्यशाला महावैमा सुरू

खबरखाेज समाचारदाता   ।   २०८० असार ६, बुधबार १६:३२

खबरखाेज कालिकाेट/ जिल्लाकाे महावै गाउँपालिकामा बालविवाह अन्त्यको लागि ५ वर्षे रणनीतिक याेजना निर्माण सम्बन्धि २ दिने कार्यशाला गाेष्ठि बुधबार देखि गाउँपालिकाकाे कार्यालय गैराखाडामा सुरू भएको छ ।
गाउँपालिकामा बालविवाह अन्त्य गरि सक्षम समाजको परिचय दिने बढ्दो बालविवाह लाई अन्त्य गरि गाउँपालिकालाई बालविवाह मुक्त पालिका बनाउने उदेश्यले कार्यक्रमकाे आयाेजना गरिएको महावै गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष शिवराज जैसिले बताउनु भयो ।
महावै गाउँपालिकाकाे आयोजना ,बालविवाह बिरूद्व साझा अभियान कालिकोटकाे समन्वयमा भएको कार्यशाला गाेष्ठिमा प्रमुख अतिथि समेत रहनु भएका गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह भिजन ले आफुले समाज परिवर्तनको लागि चेतना मुलक कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखि काम गरेको बताउनु भयो ।
साथै अध्यक्ष सिंहले आफ्नो गाउँपालिकामा समाज रूपान्तरणको लागि काम गर्न आउने गैरसरकारी संस्थालाई आफू र आफ्नो गाउँपालिका स्वागत गर्न तयार रहेकाे बताउदै संस्थाले काम गर्दा चाहिने साझेदारी बजेट पनि नियमानुसार साझेदारी गर्न तयार रहेको बताउनु भयो । उहाले भन्नू भयो अहिले महावै गाउँपालिकामा विभिन्न क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था कम छन हामीलाई गैरसरकारी संस्थाकाे साथ चाहिएको छ । स्थानीय सरकार संग आफ्नो आम्दानी पनि कम छ सबै मिलेर परम्परागत हानिकारक अभ्यास कम गरउ भनेन्नेमा आफ्नो बिचार छ त्यही भए सबै संगकाे सहकार्यमा काम गर्न तयार रहेको गाउँपालिका अध्यक्ष सिंहकाे भनाइ छ । कार्यक्रम आफ्नो भनाइ राख्दै गाउँपालिकाका उपाध्यक्ष दानसिंह सेजुवालले गाउँपालिकाका बालविवाहकै कारण घरेलु हिंसा ,लैङ्गकि हिंसा,जस्ता विकृति बढ्ने भएकाले यसलाई जसरी पनि राेक्न आवश्यक रहेको बताउनु भयो , उपाध्यक्ष सेजुवालले बालविवाहका कारण अहिले पढाइमा बाधा,गरिवि बढेको जस्तो थुप्रै समस्या बालविवाहले निम्तायकाे बताउदै यसलाई राेक्न सबैले सकारात्मक साेचका साथ लागि पर्नु पर्ने बताउनु भयाे
कार्यक्रमका अतिथि महावै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंहले गाउँपालिकामा बढ्दै गएको बालविवाह राेक्नकै लागि ५ वर्षे रणनीतिक याेजना तयार गर्न गाउँपालिका लागेकोले नेपाल सरकारले निएकाे लक्ष्य अनुसार बालविवाह अन्त्यको लागि कर्मचारीकाे तर्फबाट आफुर आफ्नो माताहतकाे कर्मचारी लागि पर्ने बताउनु भयो ।
गाउँपालिका उपाध्यक्षकाे अध्यक्षता पालिका अध्यक्षकाे प्रमुख
आथित्यतामा सुरू भएको गाेष्ठिमा गाउँपालिका वडा नं १ देखि ७ सम्मका वडा अध्यक्ष ,कार्यपालिका सदस्य ,सम्पूर्ण निर्वाचित जनप्रतिनिधि ,विषयगत शाखाका प्रमुख,शिक्षक,राजनीतिक दलका प्रतिनिधि ,बाल क्लबका प्रतिनिधि ,सुरूक्षा कर्मि लगाएतकाे सहभागीतामा भएको गाेष्ठिमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका महिला तथा बालबालिका सामाजिक विकास महाशाखा प्रमुख अनिता ज्ञवाली,राष्ट्रिय बालअधिकार परिषद समन्वय अधिकृत डम्बरबहादुर राेकाया ,र बालविवाह बिरूद्व साझा अभियानका अभियान्ता चेतन गिरीले गाेष्ठिकाे सहजीकरण गरिरहनु भएको छ भने कार्यक्रम महावै गाउँपालिकाकाे कार्यालय गैराखाडामा संचालन भैरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भकारी परियोजनाको समापन तथा फेरि भेटौला कार्यक्रम सम्पन्न

२०८० असार ६, बुधबार १६:३२
कलिकोट असार ६ । जिल्लाका पाँचवटा स्थानीय तहमा सञ्चालन भइरहेको ३ वर्षे भकारी परियोजनाको आज खाँडाचक्र नगरपालिकामा समापन कार्यक्रम सम्पन्न भएको छ । तिलागुफा महावै,शुभकालिका नरहरिनाथ गाउँपालिकामा समापन कार्यक्रम पछि आज अन्तिममा खाँडाचक्रमा नगरपालिका प्रमुख कमलबहादुर शाहीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । युएसयआइडिको आर्थिक सहयोग,मर्सीको नेपालको प्रविधिक सहयोग र […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.