स्थानीय तहद्धारा नागरिक कार्य समुहलाई जिम्मेवारी प्रदान

खवरखाेज समाचारदाता   ।   २०८० भाद्र १९, मंगलवार १४:४३

कालिकोट जिल्लाका स्थानीय तहहरुलाई जिम्मेवारी प्रदान गरिएको छ । जिल्लाका रास्कोट नगरपालिका, सान्नीत्रीवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकाले पालिका स्तरीयमा गठित नागरिक कार्य समुहका पदाधिकारीहरुलाई कामको जिम्मेवारी प्रदान गरेको छ ।
सबैजसो लोकतान्त्रिक शासनव्यवस्था भएका मुलुकमा संवैधानिकरूपमै नागरिकका आधारभूत लोकतान्त्रिक अधिकार सुनिश्चित गरिएको हुन्छ । यस्ता मुलुकमा आधारभूत मानवअधिकारको संरक्षण र प्रबद्र्धन गर्नुलाई राज्यको दायित्वका रूपमा लिइन्छ । यसका साथै मानव अधिकारको विश्वव्यापी घोषणापत्रको पक्ष राष्ट्रले अनिवार्यरूपमा अन्तर्राष्ट्रिय मानवअधिकारको संरक्षण र प्रबद्र्धन गर्नु पर्छ । यसरी मानवअधिकारको आधारभूत सिद्धान्तको कार्यान्वयन गरिँदा स्वभाविकरूपमा देशभित्रका सबै नागरिकको न्यूनतम आधारभूत नागरिक तथा लोकतान्त्रिक अधिकार सुनिश्चित गरिनुपर्छ । ती राष्ट्रले संवैधानिक र कानुनी व्यवस्ता गर्ने मात्रै होइन, व्यवहारिकरूपमै नागरिक तथा लोकतान्त्रिक अधिकार अभ्यास गर्ने सहज वातावरण निर्माण गर्नुपर्छ । विश्वव्यापी लोकतन्त्र, मानव अधिकार र मौलिक स्वतन्त्रताको संरक्षण र प्रर्वद्धन गर्न नागरिक समाजलाई समर्थन र सशक्तीकरण गर्ने, समावेशी नागरिक सहकार्य अभिवृद्धिका लागि स्थानीय स्तरमा स्रोत केन्द्रको स्थापना गर्ने जसले स्थानीय रुपमा नागरीक सहभागिता, सिकाई र आवजलाई प्रर्वद्धन गर्न सहजीकरण गर्ने , स्थानीय, रुपमा नागरिक सहभागिता र लोकतान्त्रिक नागरिक स्थान, स्थापना र अधिकार दावीका लागि युवा र महिलालाई सहयोग र क्षमता विकास गर्ने र स्थानीय स्तरमा समावेशी नागरिक स्थान र सहकार्य अभिवृद्धिका जिम्मेवार निकाय विशेषत नीति तथा सरोकारवालाहरुलाई नागरिक सवालमा जिम्मेवार बनाउन सचेतना र क्षमता अभिवृद्धि गर्ने खालका क्रियाकलापहरु संचालन तथा सहजिकरण गर्न रास्कोट नगरपालिका, नरहरीनाथ गाउँपालिका र सान्नीत्रीवेणी गाउँपालिकामा गठित नागरिक कार्य समुह (क्याक) लाई सम्वन्धित वडाहरुमा सहजिकरण तथा वकालत गर्न तपशिलको शर्तको अधिनमा रहि जिम्मेवारी प्रदान गरिन्छ ।
रास्कोट नगरपालिकामा मानव अधिकारका सवालमा वकालत तथा पैरवी गर्ने गराउने ।, लोकतान्त्रिक नागरिक स्थान, स्थापना र अधिकार दावीका लागि युवा र महिलालाई सहयोग र क्षमता विकास गर्ने ।,
लोकतन्त्र, मानव अधिकार र मौलिक स्वतन्त्रताको संरक्षण र प्रवर्द्धन गर्न नागरिक समाजलाई समर्थन र सशक्तीकरण गर्ने, समावेशी नागरिक सहकार्य अभिवृद्धिका लागि सहजिकरण गर्ने ।, समाजमा विद्यमान सामाजिक, सास्कृतिक, आर्थिक, शैक्षिक, राजनैतिक तथा पुराना प्ररम्परागत हानीकारक अभ्यासहरुलाई निरुत्साहीत गर्न वकालत तथा पैरवी गर्ने र सवालको उठान गर्ने । पालिकाका हरेका सार्वजनिक सरोकारका विषयहरु, बार्षिक योजना तर्जुमा, बजेट तथा कार्यक्रम तर्जुमामा युवा, महिला, दलित, बालबालीका तथा पछाडि परेका समुदायको अर्थपुर्ण सहभागितालाई सुनिश्चित गर्न र नागरिकको पक्षमा निर्णय गर्न समय समयमा छलफल, सुझाव तथा समन्वय गर्ने । पालिकामा हुने मानव अधिकारको हनन, जातिय छुवाछुत तथा भेदभाव, महिला माथि हुने सबै खाले विभेद तथा हिंशा , बाल विवाह, छाउपडि प्रर्था जस्ता सवालमा कानूनको अधिनमा रही आवश्यक प्रचार प्रसार र निगरानी गर्ने ।, पालिकाले दिईएको जिम्मेवारी प्रदान गरेको मिति देखि १ बर्षका लागि हुने छ र कामको मुल्यांकनको आधारमा पुर्न नविकरण गर्ने गरि जिम्वारी प्रदान गरेको छ ।
युरोपीयन युनियनको आर्थिक सहयोग, दलित महिला संघ (फेडो) नेपाल र प्लान ईन्टरनेश्नल नेपालको साझेदारी मा सञ्चालित हाम्रो आवाज हाम्रो रोजाइ परियोजना अन्तर्गत स्थानिय स्तरमा नागरिकका सवालहरु मानव अधिकार, लोकतान्त्रीक नागरिक स्थान तथा सामाजिक समावेसिकरणका क्षेत्रमा काम गर्न गठित नागरिक कार्य समुह गठन गरि परिचालन र उनिहरुलाई सहयोग तथा सशक्तिकण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवस कालिकोटमा मनाइयो

२०८० भाद्र १९, मंगलवार १४:४३
कालिकोट भदौ २० । सामाजिक न्याय र आर्थिक सशक्तिकरणः मानव वेचबिखनको निर्मूलन भन्ने मुल नाराकसाथ मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवस कालिकोटमा पनि मनाइएको छ । जिल्ला सदरमुकाम मान्म खाँडाचक्र स्थित जिरो प्वाइन्टबाट बुधबार प्रभातफेरी ¥याली सहित प्रतिमा चोकमा कोणसभा गरी दिवस मनाइएको हो । कर्णालीली प्रदेशसभा सदस्य हिक्मत […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.