२४ घण्टामा ३ हजार ७४९ कोरोना संक्रमित थपिए, ३ हजार ५६४ जना कोरोनामुक्त

खबरखोज सम्वाददाता   ।   २०७७ आश्विन २९, बिहीबार १९:५९

काठमाडौँ — पछिल्लो २४ घण्टामा बिहीबार थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १ लाख २१ हजार ७४५ संक्रमितको संख्या पुगेको जनाए ।

यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३६ हजार ५३३ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ३ हजार ५६४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ८४ हजार ५१८ रहेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १२ लाख ३७ हजार ६३६ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १६ हजार ५९८ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ८२५ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्व बैंकसँग २० करोड डलर ऋण लिन नवनियुक्त अर्थमन्त्रीको हस्ता

२०७७ आश्विन २९, बिहीबार १९:५९
काठमाडौं, २९ असोज–नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले बिहीबार पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री पौडेलले पदभार ग्रहण गर्नुभएको हो । बुधबार अर्थमन्त्री नियुक्त हुनुभएका उहाँले शीतल निवासमा शपथ ग्रहणलगत्तै मन्त्रालयमा आएर पदभार लिनुभएको हो । उहाँले विश्व बैंकसँग २० करोड डलर ऋण लिने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको छ । […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.