पिलिको पहिरोले अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेन

खबरखोज सम्वाददाता   ।   २०७८ कार्तिक ४, बिहीबार १३:०५

प्रतिभा ऐडि,कालिकोट । लगातार अविरल वर्षापछिको पहिरोले अवरुद्ध भएको कर्णाली राजमार्ग बिहीबारसम्म खुलेको छैन ।
कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला सडक खण्डको कालिकोटको पिलिमा पहिरो हटाउन नसकेपछि अवरुद्ध सडक खुल्न नसकेको हो । सुर्खेतदेखि कालिकोटसम्मको सडक खण्ड भने बुधबारबाट गाडी सुचारु भएको जिल्ला ट्राफिक कार्यालय कालिकोटले जनाएको छ ।

कालिकोट जुम्ला खण्डको पिलीमा ठुलो पहिरो गएकाले तत्काल राजमार्ग खुल्ले अवस्थामा नरहेपनि पहिरो खुलाउने प्रयास जारी रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले वताउनु भयो ।
बुधबार बाटो खुलाउनका लागि प्रमुख जिल्ला अधिकारी सहित नेपाली सेना, नेपाल प्रहरी, स्थानीय लगाएतको टोलि पहिरा गएको स्थान खाँडाचक्र नपा ७ पिल पुगेको थियो ।
राजमार्ग अवरुद्ध भएपछि जुम्ला,मुगुका जिल्लाको महावै,तिलागुफा लगाएतका ठाउमा आवतजाव गर्न समस्या भएको छ ।

पहिरोले सोमबार राति एक घर भत्किँदा महाबै–७ राम्नीकी १८ वर्षीया स्मृति अधिकारीको मृत्यु भएको छ । सोही घरभित्र सँगै सुतेकी उनकी १५ वर्षीया बहिनी इशानी अधिकारी घाइते भएकी थिइन ।
यस्तै पहिरोले सोही गाउँका पाँचवटा घरहरु भत्किनुका साथै २५ घर जोखिममा रहेपछि बिहीबारसम्म स्थानीय राम मावि राम्नी र स्वास्थ्य चौकीको भवनमा विस्थापित अवस्थामा छन् ।
वर्षाले खाँडाचक्र नपा– ८ दशला गाउको माथिल्ला टोलका १८ पहिरोको उच्च जोखिमा रहेपछि घरपरिवार नजिकैको मल्लटोलमा विस्थापित भई बसिरहेका छन् ।

त्यस्तै, वर्षाले कर्णाली नदीमा बाढी आउँदा कर्णाली करिडोर जोड्न जितेस्थित कर्णाली नदीमा रहेको फेरि बगाएपछि कर्णाली करिडोरमा पनि गाडी लैजान कठिनाई भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निरु बिकका हत्यारलाई कार्वाहीकाे माग गर्दै कालिकाेटमा विराेध प्रदर्शन

२०७८ कार्तिक ४, बिहीबार १३:०५
कालिकाेट । खाँडाचक्र नपा-६ का १४ बर्षीया निरु बिककाे बलात्कार पछि हत्या घटनाका दाेसि पत्ता लगाई कानूनी कार्वाही गर्न माग गर्दै यहाँ जिल्लामा बिहीबार बिराेध  प्रदर्शन गरिएकाे छ । बलात्कार पछि हत्यारा गरेर मकैबारिमा फालेकाे दुइ महिना बितिसक्दा पनि दाेषि कुनै कानूनी दाहेरामा ल्याउन नसक्नु प्रहरी प्रशासनकाे लाचारी भएकाे आराेप […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.