कालिकोटमा मालबाहक ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

मानबहादुर बिश्वकर्मा   ।   २०७८ मंसिर १३, सोमबार १२:४३

१३ मंसिरमा, कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिकाको कोडबाडामा मिनिट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

नरहरिनाथको लालिघाट बजारबाट सुनथरालि विमानस्थलमा सिमेन्ट र डिजेल बोकेर सामान ढुवानीका लागि जाँदै गरेको बा ५ ख ८६४३ नम्बरको मिनि ट्रक दुर्घटना भएको हो।

दुर्घटनामा परी ट्रक चालक नरहरीनाथ-१ का जयबहादुर बिष्टकाे मृत्यु भएको कालीकोटका डिएसपी सिद्धराज न्यौपानेले बताए।

डिएसपी न्याैपानेका अनुसार ट्रकका मालिक नेत्रबहादुर बिष्ट घाइते भएको र उपचारका लागि जिल्ला सदरमुकाम मान्म ल्याइएको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुर्घटनामा परि घाइते भएका बिष्टको हेलिकप्टर मार्फत उपचारका लागि सुर्खेत रेफर

२०७८ मंसिर १३, सोमबार १२:४३
१३ मंसिर, कालिकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नंम्बर १ निलाखामा मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइतेको भएका छन्। लालिघाट देखि निर्माणाधीन सुनथराली विमानस्थलको सामान बोकेर गएको बा ५ ख ८६४३ नम्बरको मालबाहक ट्रक सोमबार बिहान ७ बजेर ४५ मिनेटमा दुर्घटना हुँदा […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.