बार एसोसिएसनले दियो विपन्न दलित वस्तीमा कानूनी सेवा

खबरखाेज समाचारदाता   ।   २०८० असार २५, सोमबार ०९:५८

कालीबहादुर मल्ल/कालिकोट असार १६ । नेपाल बार एसोसिएसन जिलला बार इकाइ कालिकोटको आयोजनामा खाडाचक्र नगरपािलका ५ मोटेला दलित वस्तिमा घुम्ती कानूनी सचेतना तथा निशुल्क सहायता सेवा कार्यक्रमको आयोजना गरेको छ ।


केन्द्रीय अध्यक्ष गोपाकृष्ण घिमेर, उपाध्यक्ष उत्तम आचार्य,महासचिव मन्जिता खनाल लगाएतका केन्द्रीय पदाधिकारी र कर्णाली प्रदेश उपाध्यक्ष अधिवक्ता पदमबहादुर शाही,जिल्ला बार इकाइ कालिकोटका अध्यक्ष अमलराज शाही,कोषाध्य खडानन्द चौलागाँइ,सदस्य राजबहादुर बोगटी लगाएतका कानून व्यवसायीहरुको उपस्थितिमा निशुल्क कानूनि सहायत तथा सचेतनाको आयोजना गरिएको हो । जिल्ला बार इकाइ कालिकोटका अध्यक्ष अमलराज शाहीको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा सयौको संख्यमा स्थानीयवासीको सहभागिता रहेको थियो ।


केन्द्रीय बार युएनडिपि र खाडाचक्र नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रमा केन्द्रीय अध्यक्ष घिमेरेले कानूनको अज्ञानता अक्ष्यम्य हुने भएकाले कानूनका वारेमा जनतालाई सुसूचित गर्नका लागि कार्यक्रम दुर्गम विपन्न गाउमा राखेको वताउनु भयो । कार्यक्रममा जिल्ला न्यायधिस भरत लम्साल,खाडाचक्र नगर प्रमुख,कमल बहादुर शाही,उपप्रमुख गणेशबहादुर शाही लगाएतले आफ्नो धारणा राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रहरी सेवामा सहज पहुँचका लागि कालिकाेटका घर-घरमा स्टिकर

२०८० असार २५, सोमबार ०९:५८
कोपिला शाही  – कालिकोट सहित कर्णालीका दशैवटा जिल्लाका घरघरमा प्रहरीको फोन नम्बर सहित स्टिकर टाँस अभियानको कालिकोटमा सुभारम्भ गरिएको छ । सुरक्षित कर्णाली विषेश अभियान २०८० कर्णाली प्रदेशका घरघरमा प्रहरीको फोन नम्बर सहितको स्टिकर टाँस अभियान आइतवार एक कार्यक्रमका बिच सदरमुकाम मान्मको एक घरबाट टाँसेर प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.