बालविवाह न्यूनीकरण सम्बन्धि तिने तालिम सान्नि त्रिवेणीमा आज बाट सुरु

मानबहादुर बिश्वकर्मा   ।   २०७८ मंसिर १८, शनिबार १७:५८

१८ मंसिर, कालिकोट । बालअधिकार समिति र नागरिक समाजका अगुवाहरुका लागि तीन दिने तालिम सान्नी त्रिवेणीमा आज उद्घाटन भएको छ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपाल कालिकोटको आयोजनामा बालविवाह, छिटो बिवाहा र जबर्जस्ती बिवाहा न्यूनीकरण परियाेजना

लिङ्क बाइ एण्ड मेन एण्ड न्यचुरल लिडर उहित ब्वाइ एण्ड सिएसओ र सिआर सि जोइन्टल्लि (Link By And Men And Natural Leders With Boys And Cso And Crc Jointly) अन्तर्गत  तीन दिने तालिमको आयोजना गरिएको हो।

बरिष्ठ पत्रकार एवम नागरिक समाज कालिकाेटका अध्यक्ष कालीबहादुर मल्लले सहजिकरण गर्नु भएकाे तालिममा कार्यक्रममा पालिका स्तरमा भएका बालविवाह, छिटो बिवाहा र जबर्जस्ती बिवाहा न्यूनीकरणमा नागरिक समाज र स्थानीय तहले खेलेको भूमिकाका बिषयमा छलफल गरिएको छ।

‘२० वर्षपछि विवाह गर्ने कानुन र प्रावधान ।’ यो नारा यतिबेला कालिकोटका सबै स्थानीय तहले आत्मसात् गरेको पाइएको छ। बालविवाह न्यूनीकरणका लागि यो नारासहित स्थानीय तहहरूले अन्य अभियानसमेत सञ्चालन गरिरहेका छन।

बालबालिकाहरूलाई २० वर्षपछि मात्रै विवाह गर्न प्रोत्साहन गर्ने उद्देश्यले बालबालिका र अभिभावकहरूलाई बालविवाहले पार्ने नकारात्मक असर र कानुनी कारबाहीबारेमा जानकारी गराइरहेको सादा नेपालका फिल्ड सुपरभाइजर केबल बहादुर बमले बताउनुभयो।

सान्नी त्रिवेणी गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागि विभिन्न गैरसरकारी संस्थाको समन्वयमा किशोरी सञ्जाल र बालक्लबलाई सक्रिय बनाएको उहाँले बताउनु भएको छ।

बालविवाहका कारण शारीरिक, मानसिक, आर्थिक, सामाजिकलगायतका क्षेत्रमा पार्ने असरका बारेमा जानकारी गराइएको फिल्ड सुपरभाइजर बमले बताउनुभयो।

पछिल्लो समय बालविवाह केही मात्रामा न्यूनीकरण भएपनि केही कायमै रहेकाले समूदाय र सरोकारवाला निकाय सँग समन्वय गरि यस्को न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने सहभागीले जोड दिएका छन्।

शनिवार पहिलो दिनको कार्यक्रममा बालअधिकार सम्बन्धि ऐन कानून, र नागरिक समाजले खेल्नुपर्ने भूमिकाको बिषयमा प्रशिक्षण भएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस नेता गगन थापा मण्डलेको नयाँ संस्करण : नेता रिजाल

२०७८ मंसिर १८, शनिबार १७:५८
१८ मंसिर, काठमाडाैँ । नेकपा एमालेका नेता विष्णु रिजालले नेपाली कांग्रेसका नेता गगन थापाप्रति कटाक्ष गरेका छन्। सामाजिक सञ्जाल मार्फत उनले थापाई मण्डलेको नयाँ संस्करणको उपमा दिएका छन्। थापाले एमालेको दशाैँ महाधिवेशनलाई पञ्चयतसँग तुलना गर्दै अभिव्यक्ति दिएपछि रिजालले सामाजिक सञ्जाल फेसबुक मार्फत नै त्यसको जवाफ दिएका हुन। रिजालले भनेका छन, […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.