माओवादी सान्नी त्रिवेणीमा पहिरो, एमालेमा प्रवेश गर्नेको लर्को

एकै वडाका १५ जना एमालेमा प्रवेश

मानबहादुर बिश्वकर्मा   ।   २०७८ फाल्गुन ९, सोमबार १७:५६

९ फागुन, कालिकोट । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नं. ५ को साकेज्यूला स्थित सुनार टोलका करिब १ दर्जन भन्दा बढी नेकपा (माओवादी केन्द्र) मा आस्थावान नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेमा प्रवेश गरेका छन्।

नेकपा माओवादी केन्द्रमा रहेर बिगत लामो समयदेखि काम गर्दै आइरहेका लक्ष्मी सुनारको नेतृत्वमा सोमबार वडाको सयुक्त बैठकमा पुरै टोल एमालेमा प्रवेश गरेको हो।

नेकपा एमाले कालिकोटका उपसचिव ब्यासि तिरुवा (विकास) ले सुनार टोलमा पार्टी प्रवेश कार्यक्रमको आयोजना गर्दै नेकपा एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत गरेका थिए।

उपसचिव तिरुवाका अनुसार पार्टी प्रवेश कार्यक्रममा वडा नं. ५ सुनार टोलका मात्रै १५ जनाले नेकपा माओवादी केन्द्र परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेमा प्रवेश गरेको बताए।

कार्यक्रममा बोल्दै एमाले कालीकोटका उपसचिव ब्यासि तिरुवा विकासले अब सान्नीत्रिवेणी गाउँपालिका पुरै एमालेमय हुने र सत्ताको मोहमा परेकाहरुले विभिन्न किसिमका भ्रम फैलाएर गाउँमा आफ्नो प्रभाव छोड्न खोज्नेहरुलाई परास्त गर्नका लागि नेकपा एमाले सान्नीत्रिवेणी जगजाएर हुन आग्रह गर्दै आगामी निर्वाचनमा सहज रुपमा जित हुने उनले बताए।

पार्टी प्रवेश कार्यक्रममा पालिका समन्वय प्रमुख मात्रीका प्रसाद उपाध्याय, एमालेकी महिला नेतृ पार्बती सिंह, गाउँ कमिटी पार्टी अध्यक्ष जनक केसी , युवा नेता हेमराज संज्याल, प्रेम बुढा, रत्न केसी, सक्क बहादुर बम लगायत नेकपा एमाले पार्टीका नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लोकप्रिय कलकार जयनन्द लामाको निधन

२०७८ फाल्गुन ९, सोमबार १७:५६
प्रतिभा ऐडि /काठमाडौ । नेपालका लोकप्रिय कलकार जयनन्द लामाको निधन भएको छ । हरेक विद्यामा उत्कृष्ट अभिनय र लोक गायक समेत रहेका उनीको अल्पायुमै निधन भएको हो । लामा पछिल्ला समय हास्य टेलीशृखला हल्का रमाईलोमा समेत अभिनय गर्दै आएका थिए । उनी अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.