नेपाली काँग्रेस केन्द्रीय सदस्यमा भट्टराईकाे उम्मेदवारी घाेषणा

खबरखाेज समाचारदाता   ।   २०७८ मंसिर २०, सोमबार १८:०८

सुर्खेतः नेपाली कांग्रेसका युवा नेता महासमिति सदस्य नारायण प्रसाद भट्टराईले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय भएका भट्टराईले यस पटक आफू केन्द्रीय सदस्य पदको उम्मेदवार हुने बताएका छन् ।
कालीकोटबाट महाधिवेशन प्रतिनिधिमा सर्वसहमतिमा चयन भएका भट्टराईले पार्टीका नेता र साथीहरूसँग छलफल गरी केन्द्रीय कार्यसमितिमा बसेर पार्टीको भावी कार्यदिशाबारे योगदान गर्न सक्छु भन्ने उद्देश्यले उम्मेदवारी दिने निधो गरेको बताए ।
नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य भट्टराईले काँग्रेसलाई शुद्धिकरण सुदृढीकरण गर्नकालागि आफ्नो उम्मेदवारी रहने बताएका छन् । उनले भने, ‘मैले देशभर पार्टीका साथीहरूसँग छलफल गरेको छु । पार्टीको आगामी बाटोबारे उहाँहरुको अपेक्षा बुझेको छु । काँग्रेसलाई नयाँ बाटोमा लैजान म सँग प्रष्ट भिजन छ ।’ उनले थपे, ‘कार्यकर्ताको भावना र जनताको चाहनाअनुसार पार्टीको केन्द्रीय कार्यसमितिमा बसेर योगदान गर्न सक्छु भनेर नै केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ ।’ काँग्रेसभित्र बौद्धिक नेताका रुपमा चिनिन्छन् ।
यस्तो छ केन्द्रीय सदस्यका उम्मेदवार भट्टराईको राजनीतिक यात्रा
– विद्यालयमा पढ्दै गर्दा २०४६ सालको जनआन्दोलनमा सहभागी
– २०४८ ने वि संघको विद्यालय इकाइको सचिव
– २०५० नेपाल विद्यार्थी संघको जिल्ला समिति सदस्य,
– २०५१ नेपाल विद्यार्थी संघको जिल्ला समिति सचिव
– २०५२ नेपाल विद्यार्थी संघको जिल्ला समितिको कार्यवाहक अध्यक्ष
– २०५३ नेपाल विद्यार्थी संघको महाधिवेशन प्रतिनिधि
– २०५८ मा नेपाल प्रेस युनियन कालिकोटको संस्थापक अध्यक्ष
– नेपाल ट्रेड युनियन काँग्रेस कालिकोटको संस्थापक अध्यक्ष
– २०५९ मा नेपाल तरुण दलको केन्द्रीय सदस्य
– नेपाली काँग्रेसद्वारा गठित जनआन्दोलन २०५९÷६३ को तत्कालीन कर्णाली अंचल कमिटीको सचिव
– २०६१ मा तरुण दलको जनकपुरमा भएको तेस्रो महाधिवेशन बाट पुनः केन्द्रीय सदस्य निर्वाचित र २०६८ सम्म निरन्तर
– २०६९ मा पुनः केन्द्रीय सदस्य
– नेपाली काँग्रेसको १२, १३ र १४ औ महाधिवेशनको महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य
– पार्टीको केन्द्रीय प्रतिनिधिका रुपमा धेरै जिल्लामा खटिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली काँग्रेस केन्द्रीय सदस्यमा बमकाे उम्मेदवारी

२०७८ मंसिर २०, सोमबार १८:०८
कालिकोट। नेपाली कांग्रेसको इतिहासकै सफल सभापति हर्ष बहादुर बमले केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएका छन्। कार्यालय सचीव हुँदै सभापतिसम्म पुगेका बम अहिले केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएका हुन्। यति मात्र हैन सात हजार भोट बाट १७ हजार भोट ल्याउन सफल र पार्टी कार्यालय बनाउन सफल भएको हुन्। १६ क्रियाशिलबाट झन्डै ५००० क्रियाशिल सदस्य […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.