मानव अधिकार वर्ष पुस्तक पूर्व समिक्षा कार्यक्रम मान्ममा सम्पन्न

२० वटा मानवअधिकार सम्वन्धि घटना सार्वजनिक

मानबहादुर बिश्वकर्मा   ।   २०७८ मंसिर २७, सोमबार १७:३५

२७ मंसिर, कालिकोट । इन्सेकद्धारा प्रकाशन हुने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व समिक्षा कार्यक्रम आज कालिकोट जिल्लाको सदरमुकाम मान्ममा सम्पन्न भएको छ।

सन २०२१ जनावरी देखि डिसेम्वर सम्म यस जिल्लामा घटेका घटनाहरु मानव अधिकार वर्ष पुस्तकमा प्रकाशन हुनु पुर्व सत्य तथ्य बनाउने उदेश्यकासाथ इन्सेक कालिकोटको  आयोजनामा वार्षीक पूर्व समिक्षा कार्यक्रम राखिएको हो।

इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्लले जिल्लामा राज्यपक्षबाट घटेक गिरफ्तारका घटना तिन,अन्य पक्षबाट धम्कीको घटना एक,महिला विरुद्ध हुने घटनामा हत्या दुइ बलात्कारका आठ बोक्सीको आरोपमा कुटपिट एक घरेलु हिंसाका पाँच र एक जातीय भेदभाव गरि जम्मा २० वटा घटना सार्वजनिक गर्नु भएको थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, राजनीति दलको तर्फबाट एमाले कालिकोटका सचिव तुलाराज मल्ल र नेपाली कागे्रस प्रतिनिधि एवम जिल्ला बार एसासिएसनका दमनराज बमले मानवअधिकार वर्ष पुस्तकलाई अँझ सत्य,तथ्य र निश्पक्ष वनाउन इन्सेक प्रतिनिधिले थप मिहिनेत गर्नु पर्नेमा जोड दिनु भयो। उहाँहरुले पीडितलाई राहत,न्याय र पीडकलाई दण्डित वनाउन मानव अधिकार बर्षले महत्वपूर्ण भूमिका खेलेको वताउनु भयो।

यस्तै प्रहरी प्रमुख डिएसपी सिद्धराज न्यौपानेले कतिपय घटनाहरु अध्यावधी गर्न पर्ने भएकाले सरोकारवाला कार्यालयमा जानु पर्ने बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस सभापति निर्वाचन– ७७ मत बदर, दोस्रो चरणको मतदान आजै

२०७८ मंसिर २७, सोमबार १७:३५
२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापति निर्वाचनमा ७७ मत बदर भएको छ। कागजी मतदानमा ७७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ। कुल ४६८१ मत खसेकोमा ७७ मत बदर भएको बताइएको छ। दोस्रो चरणको मतदान आजै हुने उनले जानकारी दिए। देउवाले कुल मतको ४८ दशमलब २३ प्रतिशत मत प्राप्त […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.