भ्रष्टाचार विरुद्धको अभियानमा कालिकोट तरुण दल

कोपीला शाही   ।   २०८० श्रावण २९, सोमबार ११:०७

खबरखोज समाचारदाता/कालिकोट । जिल्लाभरका स्थानीय तहमा हुने वेथिति,अनियामितताका विरुद्ध तरुणदल कालिकोटले अभियान चलाउने भएको छ ।
२४ औं अन्तराष्ट्रिय युवा दिवशको अवशसरमा आयोजित चियापान कार्यक्रममा बोल्दै नेपाल तरुण दल कालिकोटका अध्यक्ष दमनराज शाहीले भ्रष्टाचार बेथितिका विरुद्धमा कालिकोटका सवै स्थानीय तहमा अभियान सञ्चालन गर्ने वताउनु भयो । साथै अध्यक्ष शाहीले समृद्ध कालिकोटका लागि कुनै पार्टी,पक्ष नभनी सवै युवाहरु एक जुट भएर लाग्नु पर्ने धारण राख्नु भयो ।
कार्यक्रममा तरुदलका केन्द्रीय सदस्य धर्मराज शाही,प्रेस युनियनका अध्यक्ष नमराज योगि, अनेरास्ववियुका जिल्ला अध्यक्ष धर्मबहादुर शाही लगाएतले युवा राष्ट निमार्णका खम्बा भएकाले विपन्न गरिव जनताका अधिकारका लागि सवै युवाएकजुट भएर सक्रियताका साथ लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।
भ्रष्टाचार अनियामिताको पर्दाफास गर्नका लागि तरुणदल कालिकोटले पहिलो चरणमा सम्मेलन गरेर अभियानका वारेमा जानकारी गराउने र सवै स्थानीय तहमा, सरकारी कार्यालयमा सूचनाको हक प्रयोग गर्ने अध्यक्ष शाहीले खबरखोजलाई जानकारी गराउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शिक्षा ऐनले अधिकार कटौती गरेको भन्दै शिक्षकहरु धर्नामा

२०८० श्रावण २९, सोमबार ११:०७
कालीबहादुर मल्ल/कालिकोट साउन ३० । संघीय शिक्षा ऐन २०८० को प्रस्तावित मस्यौदा शिक्षकहरुका अधिकार कटौती गरेको भन्दै कालिकोटका शिक्षकहरु शिक्षा बिकास तथा समन्वय इकाइ कार्यालय अगाडि धर्नामा वसेका छन् । नेपाल शिक्षक महासंघ केन्द्रीय समितिको घोषित विरोध कार्यक्रम अन्तर्रगत जिल्लाभरिका सामुदायिक विद्यालयका शिक्षकहरु समोबार सदरमुकाम स्थित इकाइ कार्यालय परिसर भित्र […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.