‘भ्यालेन्टाइन्स डे’ अर्थात प्रेम दिवस

मानबहादुर बिश्वकर्मा   ।   २०७८ फाल्गुन २, सोमबार ०५:५३

२ फागुन, कालिकोट । आज फेब्रुअरी १४ अर्थात् फागुन २ गते प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे प्रेम जोडीहरूका लागि महत्त्वपूर्ण दिन मानिन्छ। जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्त्वपूर्ण छ। विशेष गरी यो १४ फेब्रुअरीका दिन यो दिवस मनाइने गरिन्छ।

भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो। प्रेम अक्सीजन जतिकै हो। यो एकदमै अनियंत्रित पनि हुन्छ। कसैलाई यति र उति मात्र गर्छु भन्दा पनि त हुदैन् प्रेम गर्नका लागि कुनै सीमितता छैन् यो त एउटा बाँच्ने आधारशिला हो। जीवनमा आफूलाई प्रेम गर्नेहरु र आफूले प्रेम गरिनेहरु भएन् भने जिउनुमा कुनै सार्थकता हुदैन्थ्यो होला ?

प्रेम त हर जोकोहीसँग पनि हुन्छ। वास्तवमा प्रेम त परिवारसंग पनि हुन्छ, साथीहरुसंग हुन्छ, आफना प्रियजनहरुसंग पनि त हुन्छ। त्यसैले त प्रेमले मानिसलाई एक किसिमको बाँच्ने उर्जा दिन्छ। प्रणय दिवसका रुपमा रहेको यस दिन युवाले मन पर्ने प्रेमिका वा प्रेमीलाई बर्षाै आँट गर्न नसकेका प्रेम प्रस्ताव राख्ने गर्छन। सोही कारण पनि यस दिन युवायुवतीको विशेष आकर्षण दिन हुने गर्छ।

भ्यालेन्टाइन डे इस्वी संवत् २६९ बाट इटालीको रोमवाट सुरु भएको हो। तेस्रो शताब्दीको अन्त्यतिर प्रारम्भ भएको यस भ्यालेन्टाइन डे को इतिहास सम्झनुपर्दा एक जना रोमका सम्राट्ले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरू मार्फत गोप्य कुराहरू बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे।

सम्राट्को आदेशलाई एक जना भ्यालेन्टाइन नामका व्यक्तिले उल्लङघन गरेको थियो। एक जना सर्वसाधारणले आ रु नो आदेशको उल्लङघन गरेको कारण सम्राट्लाई सहृय भएन र उक्त व्यक्ति भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए। उनलाई मृत्युदण्ड दिइएको दिन १४ फ्रेबुरअरीमा संसारमा भ्यालेन्टाइन डे मनाउने प्रचलनको आरम्भ भएको हो।

पछिल्लो समयमा युवायुवतीमा एक प्रकारको विकराल रुप देखा पर्न थालेको छ। जर्बजस्ती प्रेम गर्नेको होड चलेको छ। बदला, झगडा गर्ने, कुलतमा लाग्ने मंहगा विलासीका सामाग्रीहरु आदानप्रदान होटलहरु जाने विभिन्न अनैतिक क्रियाकलापमा संलग्न हुने, क्षणिक आनन्दमा मोज मोस्ती गर्नेजस्ता विकृतिहरु देखिन्छन्।

कुनै पनि पर्व मनाउनु नराम्रो होइन् त्यो पर्वलाई हामीले कसरी मनाइन्छ भन्नेमा भर परेको हुन्छ हुन त यो प्रणय दिवस पश्चिमी संस्कृति हो यो संस्कृतिको केही राम्रो पक्ष भएता पनि अहिलेका आधुनिक युवापुस्तामा एकदमै विकृति फैलाएको पाउछौ। यसले गर्दा आधुनिकता संगै युवायुवतीले संस्कृति जर्गेना भन्दा पनि विसङगती भित्राएका छन्।

आखिर माया गर्नेहरुका लागि सधै प्रेम दिवस नै हुन्छ तर पनि यो पश्चिमी संस्कृति संगै भित्रिएको यो दिवस ले कैयौ युवापुस्ताको जीवन नारकीय बनाएको छ। उनीहरुमा एक अर्कोमा देखासिकी को प्रवृत्ति बढेको पाइन्छ। पश्चिमी सभ्यताको यो चाडले विस्तारै हाम्रो देश नेपालमा पनि प्रवेश गरेसंगै आज हाम्रा मूल्य मान्यता, संंस्कार र परम्परा खण्डित भैरहेका छन्। आधुनिकता र देखावटीपनको चकचकी बढदो छ माया प्रर्दशन गर्नेहरुको होड नै चलेको छ। गर्लफ्रेन्ड र ब्याइ फ्रेन्ड बनाउने त फेसन नै चलेको छ।

भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै रातो रङको गुलाफ आदानप्रदान हुन्छ। यसलाई प्रेम–प्रस्तावका रूपमा प्रदान गरिन्छ। फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतीक हो। रङको गुलाफ मित्रता र मुटुको धड्कनको प्रतीक मानिन्छ। भ्यालेन्टाइन डे मा गुलाफी रङको गुलाफ दिनुको अर्थ मेरो मुटुको धड्कन अब तिम्रो लागि मात्र धड्की रहेको छ भन्नु हो। अर्थात् मेरो मुटु तिम्रो लागि हो।

पहेँलो गुलाफ मित्रताको प्रतीक मानिन्छ। फ्रेण्डसीप डे अर्थात् मित्रता दिवसका दिन पहेँलो गुलाफ प्रदान गरिन्छ तर पनि हिजोआज मित्रताको प्रतीकका रूपमा भ्यालेन्टाइन डे मा पनि यसको प्रयोग हुन थालिसकेको छ। सेतो गुलाफ साँचो प्रेम र स्वच्छ हृदयले दिइन्छ। भावुकताले भरिएको सन्देश दिनमा सेतो गुलाफले महत्वपूर्ण भूमिका खेल्छ। कालो गुलाफ बिदाइको प्रतीक मानिन्छ। यदि कुनै कारणवश प्रेम सम्बन्ध जारी राख्न सम्भव छैन भने कालो गुलाफ दिएमा आफ्नो कार्य पूरा हुन्छ।

प्रेम शब्दको उच्चारण नै सुन्दर, प्रेम जसले सुन्छ, पढ्छ, बुझछ ऊ मुस्कुराउछ। प्रेम हृदयबाट प्रस्फुटित हुन्छ अनि हृदयमै पुगेर टुगिन्छ। एउटा अथाह भाव जसले जीवन डो–याउछ, जीवनमा इन्द्रेणी रंग भर्छ र जसले हरेकलाई प्ररेणा पनि प्रदान गर्दछ त्यो हो प्रेम। अर्थात माया कुनै बेला देखिन्छ, कुनै बेला अनुभव गर्न सकिन्छ त कसैले भनेर देखाएर हुने चीज पनि होइन्। प्रेम त एक स्वतस्फूर्त रुपमा हुने चार्ज हो। प्रेम व्यक्तिको आत्मबाट आउने एक प्रकारको सकारात्मक भाव हो। जसले एक प्रकारको आत्मीयता जगाईदिन्छ।

आखिर प्रेम दिवसलाई आधुनिक युवापुस्ताले आधुनिकताको नाममा अनेकौ विकृति फैलाएका छन्। युवायुवतीमा एक प्रकारको विकराल रुप देखा पर्न थालेको छ। जर्बजस्ती प्रेम गर्नेको होड चलेको छ। बदला, झगडा गर्ने, कुलतमा लाग्ने मंहगा विलासीका सामाग्रीहरु आदानप्रदान होटलहरु जाने विभिन्न अनैतिक क्रियाकलापमा संलग्न हुने, क्षणिक आनन्दमा मोज मोस्ती गर्नेजस्ता विकृतिहरु देखिन्छन्।

कुनै पनि पर्व मनाउनु नराम्रो होइन् त्यो पर्वलाई हामीले कसरी मनाइन्छ भन्नेमा भर परेको हुन्छ हुन त यो प्रणय दिवस पश्चिमी संस्कृति हो यो संस्कृतिको केही राम्रो पक्ष भएता पनि अहिलेका आधुनिक युवापुस्तामा एकदमै विकृति फैलाएको पाउछौ। यसले गर्दा आधुनिकता संगै युवायुवतीले संस्कृति जर्गेना भन्दा पनि विसङगती भित्राएका छन्। आखिर माया गर्नेहरुका लागि सधै प्रेम दिवस नै हुन्छ।

त्यसैले चाडपर्वको मौलिकतालाई ध्यानमा राख्दै यसलाई संही तरिकाले मनाउनुपर्छ भद्घा प्रदर्शन र अश्लीलताबाट बचाउनुपर्छ। माया प्रर्दशन गरेर होइन् साथीको मन, व्यवहारबाट जित्नुपर्छ, विश्वासपूर्ण रुपमा आफनो भावना व्यक्त गर्नुपर्छ अरुको लहलहैमा लागेर होइन् संही तरिकाले मनाउनुपर्छ तब मात्र प्रेम दिवसको सार्थकता हुन्छ। प्रेम त्यस्तो बनोस् भोलिका समयमा जीवनलाई फर्केर नियाल्दा पश्चाप होइन् खुसी र संन्तुष्टि फिजाउन पाइयोस् जहाँ एक मनले अर्को मनको कदर गरेको होस्। तब मात्र प्रणय दिवस मनाउनुको सार्थकता हुन्छ।

उमेरमा जो सँग भावना मिल्छ उसैसँग माया पिरती बस्न जान्छ। प्रेम अन्तरहृदयबाट आफै प्रस्फुटन भएर आउने भावना हो। प्रेम हृदयको चाहना पनि हो। आखाँको हेराइले विस्तारै मुटु छुन थालेपछि भाबना हरु मिल्दै गए पछि थाहै नपाइ प्रेम बस्ने कुरा हो। तसर्थः प्रेम स्वतः स्फूर्त भावनापनि हो। प्रेम एकआत्माद्वारा अर्को आत्मामा विशेष रुपले सञ्चारित हुदोरहेछ। साँचो प्रेम आफै हुन्छ किनकी यो स्वभाविक र भावनात्मक हुन्छ। तर आज भोलि प्रेम फेसन हुन थालेको छ। जुन अत्यन्तै घृर्णित एंव घटिया काम हो।

तर आजभोलि प्रेम पैसाको, आधारमा पनि मूल्याङ्कन गर्न थालिएको छ जुन मानवताको घेरा भन्दा वाहिरै हुन्छ। प्रेम भन्नु नै दुई आत्माको मिलन हो त्यही मिलनबाट नै प्रेमको विजाङ्ककुरण भइ मायाको टुसा पलाँउछ। कसैको मन छुनु नै माया अनि प्रेम हो।

प्रेम यौवनकालको उल्लास होइन साँचो प्रेमले त्याग खोज्छ त्यसैले माया र प्रेम समपर्णको अर्को नाम पनि हो। मेरो मान्यता छ मलाई लाग्छ कि ‘नारीले दिएको प्रेम, माया करौडौ स्वर्ण मुद्रा खर्च गरेर पनि प्राप्त गर्न सकिदैन त्यसैले नारीले दिएको माया प्रेम र ममताले आधा राज्य जितेको महसुस समेत हुन्छ।

प्रेम समुद्र भन्दा गहिरो छ, आकाश भन्दा विशाल अनि गगां भन्दा पवित्र छ। प्रेम मौनताको भाषा पनि हो। मनको कुरा आखाँले बोल्छ भावनालाई शब्दमा उनेर बोल्न गाह्रो हुन्छ। जब दुइ मुटु धडकन्छ धडकनको गतिले मनका सवै कुरा वयान गरिदिन्छ। यी सुन्दर स्वर्णीम कल्पनाहरुलाई मूर्त रुप दिने आफ्नो चाहनाको आलिङ्गनमा बाँधेर वास्तविक धरातलमा कहिले काहि प्रेमले शब्दको सहारा खोज्छ।

पग्लिएको श्वास र धडकिएको मनले पनि आफ्नो भावना व्यक्त गर्न बोली अथार्त अभिव्यक्ति चाहन्छ। त्यसैले प्रणय दिवसलाई विकृति र विसंगतिको रुपमा होइन! एक अर्काको मनोभावना बुझेर मात्रै प्रणय दिवस मनाउ सम्पूर्ण मायाँ गर्ने प्रेमप्रेमिका हरुलाई प्रणय दिवसको शुभकामना दिदै तपाईंको प्रेमले सार्थक्ता पाहोस शुभकामना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संस्थागत क्षमता विकास तथा मुल्यांकन तालिम रास्कोटमा सम्पन्न

२०७८ फाल्गुन २, सोमबार ०५:५३
२ फागुन, कालिकोट । नागकि सञ्जाल, सिएसओका पदाधिकारीहरुको क्षमता मुल्याङ्कन तथा संस्थागत क्षमता विकास सम्वन्धि तीन दिने तालिम रास्कोट नगरपालिकामा शनिबार सम्पन्न भएको छ। रास्कोट नगपािलकाको समन्वय, प्लान इन्टरनेशनल नेपालको सहयोगमा र सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपालको आयोजनामा सुरु गरिएको तालिम शनिबार सम्पन्न भएको हो। बालविवाह, जवजस्ती बिवाह, […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.